काठमाडौं । साताको दोस्रो दिन सोमबार पनि सुनको मूल्य बढेको छ । सातामो पहिलो दिन आइतबार सुनको भाउ पुनः उकालो लागेकोमा त्यो क्रम सोमबार समेत निरन्तरता पाएको छ ।
सोमबार छापावाल सुन प्रतितोला ७१ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आईतबार छापावाल सुन ७१ हजार रुपैयाँमा कारोबार भएको थियो ।
महासंघका अनुसार तेजावी सुन प्रतितोला ७० हजार नौ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
आईतबार तेजावी सुन प्रतितोला ७० हजार सात सयमा कारोबार भैरहेको थियो । आज चाँदी प्रतितोला ८ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ ।







