२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘सिमानामा सुरक्षा बढाउनुपर्ने’

अ+ अ-

काठमाडौं ।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले भारतसँगको सिमानामा नेपाली सुरक्षा व्यवस्था कडा पार्नुपर्ने बताएका छन् ।

नेकपाको नीति तथा अनुसन्धान प्रतिष्ठान विभागले आज यहाँ आयोजना गरेको ‘नेपालको पश्चिमोत्तर सीमा र भारतले प्रकाशित गरेको नक्सा विषयक’ बहस कार्यक्रममा उनले सीमा सुरक्षामा कमजोरीको फाइदा उठाउँदै भारतले नेपालको भूमि अतिक्रमण गरेको बताए।

‘नेपालका तर्फबाट राम्रोसँग सीमा सुरक्षा हुनसकेको छैन’, उनले भने, ‘जसले गर्दा अहिले भारतले नेपालको भूमि अतिक्रमण गरेको हो, हामीले भारतको सीमामा आफ्नो सुरक्षालाई दरो बनाएर जानुपर्दछ ।’ उनले सरकारले सीमा सुरक्षा पनि वृद्धि गर्नुपर्ने बताए । उनले स्थानीय प्रशासनले भारतीय सीमाबारे केन्द्र सरकारलाई बुझाएको प्रतिवेदनको सुनवाइ नहुँदा नेपालको सिमाना मिचिँदै आएको धारणा राखे।

पूर्व प्रधानमन्त्रीसमेत रहेका खनालले लिम्पियाधुराबाट निस्केको काली नदी नै भारतसँगको सिमानामा दुईमत नभएको उल्लेख गर्दै नेपालको वास्तविकता पश्चिम र दक्षिणको सीमा कहाँसम्म हो भनेर तथ्यगत ढङ्गबाट निक्र्यौल निकाल्नुपर्ने बताए ।

कार्यक्रममा नेकपाका अर्का वरिष्ठ नेता माधवकुमार नेपालले मुलुकको राष्ट्रियतामा सबै राजनीतिक दल एक भएकाले कुटनीतिक तरिकाले समस्याको समाधान गर्नुपर्ने बताए । ‘सर्वदलीय बैठकमा एकमत लिम्पियाधुराबाट निस्केको काली नदी नै नेपाल र भारतको सीमा हो, भारतले सार्वजनिक गरेको नयाँ नक्सामा नेपालको भूमि अतिक्रमण गरिएको भन्नेमा सबै दल एकमत भएका छन्’, उनले भने, ‘यस मामिलामा सिङ्गो राष्ट्र एकताबद्ध हुनुपर्दछ ।’

उनले परराष्ट्र मन्त्रालय र नापी विभागका कर्मचारीको कमजोरीका कारण सिमामा विवाद हुँदै आएको बताए । ‘नापीका कर्मचारीले सीमाका बारेमा राम्रोसँग अध्ययन गरेका छैनन्’, उनले भने, ‘भारतसँग सीमा निक्र्यौल गर्न जान्छन् तर दरोसँग प्रस्तुत हुदैनन् ।’

नेकपाका सचिवालय सदस्य वामदेव गौतमले सुगौली सन्धि अनुसार नेपालको सीमा हुनुपर्ने बताए । ‘ऐतिहासिक तथ्यअनुसार हाम्रो देशको सीमा कायम हुनुपर्दछ’, उनले भने, ‘हामीले सीमाको सन्धि भारतसँग नभई ब्रिटिश सरकारले सन् १८१६ मा गरेको सुगौली सन्धि अनुसार हाम्रो सीमा हुनुपर्ने माग राख्नुपर्दछ ।’ उनले सीमा अतिक्रमण गरिएका सम्बन्धमा संघीय संसद्, प्रदेश संसद् र स्थानीय तहबाट सङ्कल्प प्रस्ताव पारित गरेर जानुपर्ने बताए ।

नेपाली कांग्रेसका नेता रमेश लेखकले मिचिएको भूमिमा नेपालको हो भन्नेमा राजनीति तहमा कुनै मतान्तर, विवाद नभएको उल्लेख गर्दै उच्च कूटनीतिक र राजनीतिक तवरबाट मिचिएको भूमि फिर्ता ल्याउनुपर्नेमा जोड दिए । नेकपा (क्रान्तिकारी–माओवादी)का नेता सिपी गजुरेलले अतिक्रमण गरिएको भूमि फिर्ता गर्न कूटनीतिक पहल गर्नुपर्ने बताए।

कार्यक्रममा समाजवादी पार्टी नेपालका नेता नवराज सुवेदीले सचिवस्तरबाट नभइ उच्च राजनीतिक तवरबाट समस्या समाधान गर्नुपर्नेमा जोड दिए । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता भुवन पाठक र राष्ट्रिय जनमोर्चाका नेता जनकराज शर्माले भारतले मिचेका भूमि सबै फिर्ता गर्न पहल गर्नुपर्ने बताए ।