२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गरिबीले आत्महत्या पछि तीन बच्चा भोकै

अ+ अ-

धादिङ । छ दिन अघि बाबुले गरिबीका कारण आत्महत्या गरे । कमाइ गरेर परिवार पालिरहेका यमबहादुर थापामगरको मृत्युपछि तीन बच्चा भोकै विद्यालय जान थालेका छन् । आमा ओछ्यानमा थला परेको पनि एक वर्ष भयो । तिन वर्षदेखि प्यारालाइसिस भएपछि नीलकण्ठ नगरपालिका –१२ आँगेटारीका ३३ वर्षीय लक्ष्मी थापा मगर दिसापिसाव एकै ठाउँमा भएको छ । उनका श्रीमान् यमबहादुरले उपचारका लागि घर खेत सके तर उपचार भएन ।

लक्ष्मीको स्याहार ७ वर्षीय छोरी सोममाया थापामगर, १० वर्षीय काजी थापामगर र १२ वर्षीय करिना थापामगरले गर्दै आएका छन् ।

बिहान ओछ्यान परेकी आमालाई गिलो भात बनाएर खुवाउने र आमाले सुरुवालमा गरेको दिसापिसाव धोइदिने गर्छन् छोराछोरीहरू । तीन वर्षदेखि प्यारालाइसिस भएकी लक्ष्मीको शरीर नचल्ने भएपछि बोल्नसमेत नसक्ने अवस्थामा छिन् । परिवारको सबै बोझ करिनाको काँधमा आएको साङकोष माविका शिक्षक रामप्रसाद लामिछानेले बताए ।

उनीहरूका बाबु ३१ वर्षीय यमबहादुर थापामगरले ०७६ कात्तिक २० गते घरसँगको रुखमा पासो लगाएर आत्महत्या गरे ।

तीन बालबालिकाका बाबु यमबहादुरले ज्याला मजदुरी गरेर परिवार पालिरहेका थिए । पत्नीको उपचारका घर खेत बेचे तर उपचार भएन । पत्नी बोल्न नसक्ने अवस्थामा थला परेपछि यमबहादुरले जीवनदेखि हार खाएर मृत्यु भएको अर्का शिक्षक युवराज रिजालले बताए ।

गरिबीले पिल्सिएका यमबहादुरले बाँच्ने आशा देखेनन् । तीन–तीन जना बच्चा कसरी हुर्काउने भन्ने चिन्ता माथि श्रीमतीसमेत थपिएपछि डिप्रेसनको औषधी खाइरहेका यमबहादुर उपचार अभावमा र गरिबीले गर्दा मर्न बाध्य भए ।

स्वास्थ्य र खाद्य अधिकारलाई मौलिक हकमा राखेको सरकारले गरिबीका कारण उपचार अभावमा कोही मर्नु पर्दैन भने पनि यो परिवारलाई भने मौलिक हकले छुन पनि सकेन ।

साङकोस माविको कक्षा ३ मा सोममाया, कक्षा ५ मा काजी र कक्षा ७ मा करिना अध्ययनरत तीन बालबालिका बाबुको मृत्युपछि भने भोक भोकै विद्यालय जान थालेका छन् । विद्यालयले उनीहरूलाई खानेकुरा किन्ने व्यवस्थाका लागि रकम सङ्कलन गरेको शिक्षक रामप्रसादको भनाइ छ ।

घरमा खानेकुरा सकिएपछि उनीहरू थोरै खोले आमालाई खुवाएर उनीहरू भोकै विद्यालय गएको शिक्षकहरूले थाहापाएपछि विद्यालयमा ०७६ कात्तिक २६ गते चन्दा सङ्कलन गरेर चामल किनिदिँदै आएका छन् ।

जिल्लामा बालबालिकाका लागि काम गर्ने थुप्रै संस्थाहरू भए पनि उनीहरूसम्म भने कोही पुग्न सकेका छैनन् । स्थानीय सरकार नीलकण्ठ नगरपालिका १२ नम्बर वडाध्यक्ष बाबुराम लम्सालले जनजाति शीर्षकको केही रकम सहयोग गर्न आफूले नगरपालिकामा कुरा गरेको बताएका छन् ।

सम्बन्धित समाचार : करिना परिवारलाई सहयोगका लागि बैङ्क खाता