२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रहरीले भीड नियन्त्रण गर्न ५ वटा ‘वाटर क्यानोन’ भित्र्यायो

अ+ अ-

काठमाडौं । नेपाल प्रहरीले भीड नियन्त्रण गर्न ५ वटा  ‘वाटर क्यानोन’ भित्राएको छ । नेपाल प्रहरीको लागी नयाँ खरिद भएका ५ वटा ‘वाटर क्यानोन’को प्रहरी प्रधान कार्यालयस्थित खेल मैदानमा बिहीबार परीक्षण एवम् प्रदर्शनी गरेको हो ।

प्रदर्शनीमा ‘वाटर क्यानोन’द्वारा ‘सेल्फ स्प्रे’ प्रदर्शन, ५५ मिटर तथा ३० मिटर दुरीमा पानीको फोहरा प्रदर्शन र भीडमा सहभागीको पहिचान गर्न सहज होस् भनेर प्रयोग गरिने विभिन्न रङयुक्त फोहरा देखाइएको थियो ।

नेपाल प्रहरीका लागि हाल ५ वटा नयाँ ‘वाटर क्यानोन’ खरिद भएका छन् । यसअघि १ वटा ‘वाटर क्यानोन’ रहेको थियो ।

उत्तेजित भिड तथा अग्नी नियन्त्रणमा प्रयोग हुने प्रत्येक नयाँ  ‘वाटर क्यानोन’ मा १८ वटा अश्रु ग्याँस सेल र ७ हजार ४ सय लिटर पानी अट्ने क्षमता रहेको छ ।

‘वाटर क्यानोन’मा ‘अपर क्यान’ र ‘लोअर क्यान’ रहेका छन् । ‘अपर क्यान’मा ५५ मिटरको दुरीसम्म र ‘लोअर क्यान’मा ३० मिटरको दुरीसम्म पानीको फोहरा फाल्न सक्ने क्षमता रहेको छ ।