११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

झापामा स्ट्रबेरीको व्यावसायिक खेती शुरु

अ+ अ-

भद्रपुर । झापाको बाह्दशी गाउँपालिका–१ स्थित राजगढमा स्ट्रबेरी खेती शुरु गरिएको छ । काठमाडौँस्थित गोल्यान एग्रो ट्रेड प्रालिले ३० बिघा जमीनमा यो खेती शुरु गरेको हो । गत वर्ष ४ कठ्ठा जमीनमा गरिएको सो खेतीको परीक्षण सफल भएपछि चालू आर्थिक वर्षमा ३० बिघा जमीनमा लगाइएको प्रालिका स्रोत व्यवस्थापन प्रमुख रामशरण तिम्सिनाले बताए ।

उनका अनुसार भारतको कलकत्ताबाट ४ प्रकारका स्ट्रबेरीको बिरुवा ल्याएर धमाधम रोप्न थालिएको छ । प्रायः चिसो र उच्च क्षेत्रमा मात्र हुने भनिएको स्ट्रबेरीको यहाँ गरिएको परीक्षण सफल भएपछि यति ठूलो मात्रामा व्यावसायिक खेती गर्न लागिएको जानकारी दिँदै प्रमुख तिम्सिनाले स्वीट सेन्सेसन, स्वरीडा ब्यूटी, क्यामारुजा र नामिलिया नामक जातका स्ट्रबेरीका बिरुवा पनि लगाइएको बताए ।

कात्तिक पहिलो हप्ताबाट बिरुवा लगाउन शुरु गरिए पनि हालसम्म ३ लाख बिरुवा लगाइएको र आठ लाख ५० हजार बिरुवा लगाउन तयारी भइरहेको उनको भनाइ थियो । मौसमी खेतीका रूपमा लगाइने स्ट्रबेरी लगाइएको दुई महिनादेखि नै फल्न थाल्ने र ४ महिनासम्म रहने भएकाले यसको बजारका लागि समस्या नहुने उल्लेख गर्दै प्रमुख तिम्सिनाले भने, ‘हाल बजारमा यसको मूल्य प्रतिकिलोग्रामको रु ८०० देखि एक हजारसम्म छ, उत्पादन शुरु भएपछि ६०० मूल्य निर्धारण गरेर बिक्री गर्नेछौँ ।

रु १० करोडभन्दा बढीको लगानीमा शुरु गरिएको यस खेतीमा हाल १०० भन्दा बढीले रोजगारी पाएका छन् । विगतमा औद्योगिक क्षेत्रमा लगानी गरिरहेको प्रालिले यस वर्षदेखि कृषिमा समेत लगानी शुरु गरेको कम्पनीका लेखापाल विजय पाठकले बताए । उक्त कम्पनीले ललितपुर जिल्लाको लेले भन्ने ठाउँमा समेत यसवर्ष १० रोपनी जग्गामा परीक्षणको रुपमा स्ट्रबेरी खेती लगाएको छ । उनका अनुसार कम्पनीले झापाको बाह्दशी गाउँपालिकाभित्रै २१० बिघा जमीन खरीद गरेर व्यावसायिकरूपमा प्राङ्गारिक फलफूल र तरकारी खेती गर्न शुरु गरेको छ ।

प्रतिक्रिया दिनुहोस