२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हुम्लामा स्याउ जोन कार्यक्रम शुरु हुँदै

अ+ अ-

सिमकोट । हुम्लाको सिमकोट गाउँपालिकालाई स्याउको पकेट क्षेत्रका रुपमा विकास गर्न लागिएको हो ।

प्रधानमन्त्री कृषि आधुनिकीरण परियोजना अन्तर्गत सरकारले उक्त योजना ल्याएको हो । सिमकोटका किसानलाई लक्षित गरी ल्याइएको ‘स्याउ जोन कार्यक्रम’ ६ वर्षसम्म सञ्चालन हुने कृषि तथा पशुपक्षी विकास मन्त्रालयले जनाएको छ । उक्त परियोजनामा ७० प्रतिशत संघीय सरकारको र ३० प्रतिशत स्थानीयवासीको लगानी हुने परियोजना कार्यन्वयन इकाई हुम्लाका प्रमुख राम सुरत पालले जानकारी दिए ।

जिल्लाको सिमकोट गाउँपालिका–३, ४ को ५ सय हेक्टर क्षेत्रफलमा सो परियोजना कार्यान्वन हुने जनाएको छ । ‘समुद्री सहतबाट दुई हजार एक सयदेखि ३ हजार मिटर उचाईसम्मको भु–भागमा स्याउ उत्पादन गर्न सकिने छ’, इकाई प्रमुख पालले भने, ‘स्याउ खेती विस्तारका लागि जिल्लाका सातवटा गाउँपालिकासँग समन्वय भइरहेको छ ।’

जिल्लाका विभिन्न क्षेत्रमा उन्नत जातको बीउ, नयाँ पद्दति तथा प्रविधि अपनाएर सुहाउँदो अनुकूल परिस्थिति हेरेर स्याउखेती गरिने उनले बताए ।

स्याउ जोन कार्यक्रमका लागि ठाउँ छनोट गरेर माटो परीक्षण गरी स्याउखेती शुरु गरिने उनले बताए । अबको दुई, तीन वर्षमा सिमकोट गाउँपालिका–३र४ मा स्याउ उत्पादन गर्ने गरी कार्यक्रम कार्यान्वयन गरिने पनि उनले बताए ।

स्याउ जोन कार्यक्रम लागू भएपछि यहाँका किसानको आम्दानीको स्रोत बढ्ने अपेक्षा गरिएको छ ।

हुम्लामा केही किसानले व्यावसायिक रुपमा स्याउ उत्पादन गर्दै आएको भएपनि बजार र ढुवानीको समस्याले बारीमा फलेका स्याउलाई बजारसम्म पुर्‍याउन नसक्दा यसको खेतीतर्फ किसानको निरासा बढ्दै गएको स्याउ उत्पादक किसान गोविन्द लामाको भनाइ छ ।

कृषि क्षेत्रको उत्पादन र उत्पादकत्वमा वृद्धि, कृषि सामग्री र प्रविधिको प्रयोग, कृषिमा यान्त्रिकीरण, कृषि उपजको स्याहार, प्रशोधन, गुणस्तर नियन्त्रण, बजार व्यवस्थापन तथा प्राविधिक शिक्षासमेतको संयोजन गर्दै समग्र कृषि क्षेत्रको आधुनिकीकरण गर्न प्रधानमन्त्री कृषि आधुनिकीरण परियोजना सुरु गेरको हो ।