२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भ्रमण वर्षलाई सहयोग गर्ने वायुसेवा सञ्चालकको प्रतिबद्धता

अ+ अ-

काठमाडौं । हवाई यातायात व्यवसायीको छाता सङ्गठन वायुसेवा सञ्चालक संघले नेपाल भ्रमण वर्ष–२०२० अभियानलाई सफल बनाउन सक्रिय सहयोगको प्रतिबद्धता जनाएको छ ।

संघ र संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईबीच आज सिंहदरबारमा भएको छलफलमा संघका पदाधिकारीले उक्त प्रतिबद्धता जनाएका हुन् । मन्त्री भट्टराईले महत्वपूर्ण पर्यटकीय पूर्वाधारका रुपमा रहेको हवाई क्षेत्रको भ्रमण वर्षलाई फलदायी बनाउन महत्वपूर्ण भूमिका हुने भन्दै भ्रमण वर्षलाई सफल बनाउन आग्रह गरेका थिए ।

मन्त्रीको सहयोगको आह्वानप्रति प्रतिबद्धता जनाउँदै वायुसेवा सञ्चालकले सहयोग र सक्रिय सहभागिता जनाउने प्रतिबद्धता जनाएका उनको सचिवालयले जनाएको छ । पर्यटनमन्त्री र संघका पदाधिकारीबीचको छलफलमा वायुसेवा सञ्चालकले आफ्ना सरोकार र समस्यासमेत राख्दै सहयोग तथा सहभागिताको प्रतिबद्धता जनाएका थिए । छलफलमा मन्त्री भट्टराईले नेपाल भ्रमण वर्ष–२०२० को तयारीका विषयमा जानकारी दिँदै यसलाई सफल बनाउन वायुसेवा सञ्चालककातर्फबाट हुनुपर्ने सहयोग र मन्त्रालयका अपेक्षाबारेमा धारणा राखेका थिए ।

मन्त्री भट्टराईले वायुसेवा सञ्चालकलाई नेपाल भ्रमण वर्षका सन्दर्भमा विशेष छुट, प्याकेजलगायतका कार्यक्रम बनाउन आग्रह गरेका थिए । यसैगरी उनले भ्रमण वर्षको उद्घाटनमा ‘एयर सो’ लगायतका सिर्जनात्मक सहयोग गर्नका लागि अनुरोध गरेका थिए । संघका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले भ्रमण वर्षलाई सफल बनाउन वायुसेवा सञ्चालककातर्फबाट सक्रिय सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।

उनले भ्रमण वर्ष अवधिभर निषेधित क्षेत्रमा हेलिकप्टर कम्पनीलाई निर्वाध सेवा सञ्चालन गर्न अनुमति दिनुपर्ने मागसमेत राखेका थिए । यसैगरी काठमाडौँदेखि रामेछापसम्मको सडक स्तरोन्नतिका लागि अनुरोध गरे । संघका सदस्य निमानुरु शेर्पा, हेली एभरेष्ट प्रालीका योगराज कँडेल शर्मालगायतले भ्रमण वर्षलाई सफल बनाउन वायुसेवा कम्पनीको सहयोग रहने बताएका थिए । विदेशी विशिष्ट व्यक्तित्व र सेलीब्रेटीलाई छुट दिने विषयमा पनि छलफल भएको थियो । यसका विषयमा ठोस कार्ययोजना तयार पार्नका लागि नेपाल भ्रमण वर्ष–२०२० को सचिवालय, पर्यटन बोर्ड र वायुसेवा सञ्चालक संघ, नेपाल रहेको समिति पनि बनाइएको छ ।

छलफलमा मन्त्रालयका सचिव केदारबहादुर अधिकारी, नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी, नेपाल भ्रमण वर्ष–२०२० को सचिवालयका सदस्य सचिव बच्चुनारायण श्रेष्ठलगायत सहभागी थिए ।

पछिल्लो एक सातायता मन्त्री भट्टराईले नेपाल भ्रमण वर्ष–२०२० का विषयमा छलफललाई तीव्र बनाएका छन् । उनले यही मङ्सिर १८ गते नेपालस्थित ३१ देशका राजदूत र पाँच वैदेशिक साझेदार संस्थाका प्रमुखसँग नेपाल भ्रमण वर्षबारे छलफल गरेका थिए । यसैगरी यही मङ्सिर १९ मा राजनीतिक दलका प्रमुख र राजनीतिक दल निकट जनवर्गीय सङ्गठनका अध्यक्षसँग छलफल गरेका थिए ।