८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्वास्थ्य क्षेत्रमा रहेका गैरक्रियाकलाप अन्त्य गरिने : स्वास्थ्यमन्त्री ढकाल

अ+ अ-

विराटनगर । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले स्वास्थ्य क्षेत्रभित्र रहेका गैरक्रियालापलाई अन्त्य गरिने बताएका छन् ।

प्रदेश नं १ सामाजिक विकास मन्त्रालयद्वारा आज यहाँ आयोजित ‘स्वास्थ्यजीवन प्रवर्द्धन अभियान शुभारम्भ अभियान– २०७६’ का अवसरमा उनले जनतासँग प्रत्यक्ष सरोकार राख्ने यस क्षेत्रमा रहेका बेथितिलाई सुधार गर्ने प्रतिबद्धता व्यक्त गरे ।

स्वास्थ्य क्षेत्रका कर्मचारी राज्य र जनताप्रति जवाफदेही हुनुपर्नेमा जोड दिँदै उनले विकास साझेदारी संघसंस्था नभई राष्ट्रका लागि कार्य गर्न निर्देशन दिए । स्वास्थ्य क्षेत्रका प्राविधिक कर्मचारीलाई स्थानीय निकायमा प्रशासन क्षेत्रमा समायोजन गर्नु गलत हो भन्दै मन्त्री ढकालले यसका लागि पुनःसमायोजन प्रक्रिया खुल्ला गरेको जानकारी दिए ।

स्वास्थ्यमन्त्री ढकालले प्रादेशिक अस्पताल(कोशी)को नाममा विज्ञापन गरी निजी स्वार्थका लागि क्लिनिक सञ्चालन गरिरहेका अस्पतालका चिकित्सकलाई अनुगमनमा फेला पारेको बताउँदै मन्त्री ढकालले यस्ता गलत क्रियाकलापलाई नियन्त्रण गरी सुविधा सम्पन्नरूपमा जनताको अस्पताल बनाउने कार्यमा आफनो प्रतिबद्धता रहने धारणा व्यक्त गरे ।

प्रदेश सामाजिक विकासमन्त्री जीवन घिमिरेले प्रदेशको बजेट विगतमा अस्पताल र स्वास्थ्य चौकीमा खर्चमा भएकोमा अब रोग लाग्न नदिनका लागि ‘स्वास्थ्य प्रवर्द्धन अभियान’मा खर्च गरिने जानकारी दिँदै यस अभियानलाई सफल कार्यान्वयनमा ल्याउन जनप्रतिनिधिले ठूलो भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।

उनले रोगको जडका रूपमा रहेको सुर्तीजन्यपदार्थ नियन्त्रण अभियान महानगरपालिकाको सहयोगमा प्रदेश राजधानी विराटनगरबाट शुरु गर्ने जानकारी दिँदै सबै स्थानीय निकायले कानूनको कार्यान्वयनबाट यसलाई नियन्त्रण गर्न आग्रह गरे ।

मन्त्री घिमिरेले प्रदेशमा अहिले ३ प्रतिशतले स्वास्थ्य बीमा गरेको जानकारी दिँदै यसलाई जागरण अभियान सञ्चालन गरी शतप्रतिशत पुर्‍याएमा यस क्षेत्रमा रहेको अस्पतालको सेवा प्रभावकारी हुने विश्वास व्यक्त गरे ।

अभियान शुभारम्भ कार्यक्रममा मन्त्रालयका सचिव वीरबहादुर राई, प्रदेशसभा सदस्य ओमप्रकाश सरावगी, पूर्व सांसद गुरु बराल, मादी नगरपालिका र कन्काई नगरपालिका प्रमुखद्वय विदुर सुब्बा र राजेन्द्रप्रसाद पोखरेलले विद्यालय शिक्षामा प्राकृतिक र योग शिक्षालाई २५ पूर्णाङ्क राख्नुपर्नेमा जोड दिए ।

शुभारम्भमा मन्त्रालयका सचिव राई र पूर्व राजदूत महेशकुमार मास्केले ‘स्वास्थ्य जीवन र स्वास्थ्यजीवन कार्यक्रम केही विचार र सुझाव’ विषयक कार्यपत्र प्रस्तुत गरेका थिए । ‘स्वास्थ्य जीवन प्रणाली’ अभियानलाई प्रदेशका १४ जिल्लामा आहारविहार र विचारको रूपमा एक घर पाँच योग, पाँच जडीबुटी, पाँच सकारात्मक सोचलाई वडास्तरमा शुभारम्भ गरिने भएको छ ।

यसका लागि प्रदेशमा मन्त्रीस्तर, जिल्लामा प्रमुख जिल्ला अधिकारी, स्थानीय निकायमा प्रमुख र वडाध्यक्षको संयोजकत्वमा समिति गठन गरी आगामी फागुन महिनाभित्र निर्देशिका लागू पर्ने आज यहाँ प्रतिबद्धता व्यक्त गरियो ।

प्रदेशको सामाजिक विकास मन्त्रालयले महिलामा हुने पाठेघर मुखको क्यान्सर परीक्षण स्थानीय स्वास्थ्यचौकीमा निःशुल्क हुने गरेको छ । यसका लागि सात वटा अस्पतालमा उपचारको व्यवस्था छ भने यस वर्षमा थप १४ वटा गर्ने व्यवस्था मिलाइएको सोही अवसरमा जानकारी दिइयो ।

कार्यक्रममा प्रदेशका १४ जिल्लाका प्रदेशसभा सदस्य, जिल्ला समन्वय समितिका संंयोजक, अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी, चिकित्सक विद्यालयका प्रतिनिधि, स्थानीय निकायका प्रमुख, उपप्रमुख, विभिन्न राजनीतिक दलका प्रनिनिधि, स्वास्थ्य क्षेत्रमा कार्यगर्ने संघ संस्थाका प्रतिनिधि र सञ्चारकर्मीको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस