२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पर्यटन विकासले छिटो आर्थिक समृद्धि हासिल गर्न सकिन्छ : अध्यक्ष दाहाल

अ+ अ-

रत्नगर । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पर्यटन विकासले छिटो आर्थिक समृद्धि हासिल गर्न सकने बताएका छन् ।

क्षेत्रीय होटलल संघ सौराहाद्वारा आयोजित १६ औँ हात्ती महोत्सवको आज सौराहामा शुभारम्भ गर्दै उनले पर्यटन क्षेत्रको विकास कहिल्यै सकिदैन भने । उनले भने, ‘अरु क्षेत्रको विकासको एउटा विन्दु हुन्छ तर पर्यटन क्षेत्रमा सधैँ विकासको खाँचो परिरहन्छ ।’

अध्यक्ष दाहालले सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० ले अन्तरराष्ट्रिय जगत्मा नयाँ सन्देश प्रवाह गरेको बताए । उनले भने ‘निकुञ्ज ऐन २०२९ संशोधनको प्रक्रिया अगाडि बढेको छ । नयाँ आउने ऐनले मानव, वन्यजन्तु र निकुञ्जको हित गर्नेछ ।’

हात्तीको प्रयोग मानिसमात्र नभई देवताले पनि कसरी गरेका थिए भन्ने कुरा हाम्रा शास्त्रमा धेरै लेखिएको उल्लेख गर्दै अध्यक्ष दाहालले भने ‘मानवलाई वन्यजन्तुको सहयोग र वन्यजन्तुलाई मानवको सहयोग चाहिन्छ । मानव र वन्यजन्तुबीचको सुमधुर सम्बन्धमा खाडल पैदा गर्नु हुँदैन ।’

दुलहीझैँ सिङ्घारियो

महोत्सवलाई लक्षित गरी सौराहालाई ध्वजापतकाले दुलहीझैँ सिङ्घाारिएको छ । महोत्सव अवलोकन गर्न आन्तरिक तथा वाह्य पर्यटकको भीड लागेको छ । महोत्सवअन्तर्गत स्वदेशी तथा विदेशी पर्यटकलाई मनोरञ्जन प्रदान गर्न हात्ती द्रुत हिडाई, हात्तीका छावाबीचमा रोमाञ्चकारी फुटबल, हात्ती सुन्दरी प्रतियोगिता, हात्तीको वनभोज, हात्ती पोलो, हात्ती पेन्टिङ प्रतियोगिता आयोजना हुनेछन् ।

हात्तीको द्रुत हिडाईमा ३० वटा हात्ती सहभागी हुनेछन् । यस्तै हात्ती पोलो र हात्तीको छावाको फुटबल प्रतियोगितामा समान चार टोली सहभागी हुने खेल संयोजक अञ्जान पाण्डेले जानकारी दिए । हात्ती सुन्दरी प्रतियोगितामा पाँच टोली सहभागी हुने बताइएको छ ।

महोत्सवमा यसपटक राष्ट्रियस्तरको महिला भलिबल खेल समावेश गरिएको छ । बामाघमारा मध्यवर्ती सामुदायिक वनमा शुक्रबारदेखि शुरु हुने महोत्सव यही पुस १८ गतेसम्म जारी रहने छ ।