२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रदेश ५ का मुख्यमन्त्री र चिनियाँ राजदूतबीच भेटवार्ता

अ+ अ-

बुटवल । देश ५ का मुख्यमन्त्री शंकर पोखरेलसँग बुधबार नेपालका लागि चीनका राजदूत होउ यान्छीले भेट गरेकी छन् ।

भेटका क्रममा राजदूत यान्छीले माघीको शुभकामना दिँदै निर्माणाधिन भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल र चीनको सिचुवानको छेन्दुबीच सिधा उडानका लागि सहयोग गर्ने प्रतिवद्धता जनाएकी छन् । ‘लुम्बिनी चिनियाँका लागि आउन चाहने एउटा प्रमुख ठाउँ हो’ राजदूत यान्छीले भनिन्, ‘सिचुवानको छेन्दु भैरहवा सिधा उडानका लागि सहयोग गर्न अभिप्रेरित छु,’ उनले भनिन् ।

सो भेटका क्रममा मुख्यमन्त्री पोखरेलले चीनको ठूलो अन्तर्राष्ट्रिय परियोजना बेल्ट एन्ड रोड इनिसियटिभ (विआरआई) अन्तर्गत केरुङ काडमाडौं–रेलमार्ग लुम्बिनी ल्याउने योजना पूरा गर्नसक्दा यो क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताएका थिए । पोखरेलले यो प्रदेशमा रुपन्देहीको मोतीपुर, बाँकेको नौबस्ता र दाङको घोराहीमा ठूला औद्योगिक क्षेत्र बनाउने योजना अघि सारेको र तीमध्ये एक चिनियाँ मोडलको औद्योगिक क्षेत्र होस् भन्ने चाहेको बताए ।

पोखरेलले लुम्बिनी र चीनका सम्पदा क्षेत्रको सम्बन्धलाई अझ जीवन्त बनाउने सोंचमा रहेको बताउँदै त्यसका लागि आपसमा सहकार्य र सहयोगको खाँचो रहेको बताएका थिए । त्यसैगरी, उनले प्रदेश ५ र सिचुवान प्रान्तबीच भगिनी सम्बन्ध कायम भएको बताउँदै सिचुवानले गरेको कृषिको व्यवसायीकरण र औद्योगिक विकासको अनुभव हाम्रा लागि काम लाग्ने बताए ।

मन्त्री पोखरेलले सिचुवानका गर्भनरलाई प्रदेश ५ भ्रमणको निमन्त्रणा दिएको र त्यसको आवश्यक प्रबन्ध मिलाउन राजदूतलाई आग्रह गरे । राजदूत यान्छीले नेपालको विकास प्रयासमा चीन सधैं सहयोगी रहेको चर्चा गर्दै अहिले नेपाल दु्रत विकासको बाटोमा हिडेको र त्यो प्रयासमा चिनियाँ साथ रहेको बताइन् ।