९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

निर्माण उपकरण जलाउने समूह नियन्त्रण गरिने : गृहमन्त्री थापा

अ+ अ-

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले बढ्दो असुरक्षाका कारण निर्माण व्यवसायीले काम गर्ने वातावरण नभएको भन्दै गृहमन्त्री रामबहादुर थापाको गम्भीर ध्यानाकर्षण गराएको छ ।

महासंघका महासचिव रोशन दाहाल नेतृत्वको प्रतिनिधिमण्डलले आज गृहमन्त्री थापासमक्ष दिनहुँजसो व्यवसायीका उपकरण जलाइएकोमा कडा आपत्ति जनाउँदै भरपर्दो सुरक्षाको माग गरेको हो । जवाफमा गृहमन्त्री थापाले निर्माण व्यवसायीका उपकरणलाई सुरक्षाको पूर्ण प्रत्याभूति दिइने आश्वासन दिएको महासंघका प्रवक्ता टङ्कप्रसाद चौलागाईंले जानकारी दिए ।

मन्त्री थापाले अज्ञात समूहका आपराधिक गतिविधि धेरै नियन्त्रणमा आइसकेको उल्लेख गर्दै त्यस्ता गतिविधिलाई अब पूर्ण नियन्त्रण गरिने प्रतिबद्धता जनाए । जलाइएका उपकरणको क्षतिपूर्ति दिन सरकारले नीति नै ल्याउन लागेको जानकारी उनले दिएको प्रवक्ता चौलागाईँले उल्लेख गरे ।

महासंघ प्रतिनिधिमण्डलले आजै प्रतिनिधिसभा विकास समितिका सभापति कल्याणी खड्कालाई निर्माण व्यवसायीका उपकरणमाथिको सुरक्षा चिन्ताबारे अवगत गराएको छ । जवाफमा सभापति खड्काले विकास समितिको बैठकमा यस विषयमा छलफल गरिने जानकारी दिए ।

महासंघ प्रतिनिधिमण्डलमा मानार्थ सदस्य रहनु भएका सांसद जिपछिरिङ लामा शेर्पा, पूर्वअध्यक्ष तथा सल्लाहकार रमेश शर्मा, कार्यसमिति सदस्य मङ्गल शाही, निर्माण व्यवसायीहरु कमल गौतम, सहदेव खड्का, कार्यालय प्रमुख प्रेमसिंह ऐरलगायत रहेका थिए ।

अज्ञात समूहले आइतबार मोरङको मिक्लाजुङ गाउँपालिकाअन्तर्गत आइतबारेमा तीन वटा एक्साभेटरमा आगजनी गर्दा रु तीन करोड ५० लाखभन्दा बढीको क्षति भएको महासंघले जनाएको छ । किसानचोक–रमिते–आइतबारे–टाँडी सडक खण्ड निर्माणमा प्रयोग भइरहेको शर्मा–भीमेश्वर जेभी कम्पनीको एक्साभेटरमा आगजनी गरिएको थियो ।

झापाको सेतुमारीमा आइतबार अज्ञात समूहले शर्मा एण्ड कम्पनीको स्वामित्वको एउटा एक्साभेटर र ब्याक्हो लोडरमा आगजनी गरेको महासंघले जनाएको छ । केही समयअघि बेनी नगरपालिका बगुवखोला नजिक निर्माण व्यवसायी संघ म्याग्दीका अध्यक्ष नारायण घर्ती क्षेत्रीको स्वामित्वका तीन एक्साभेटरमा आगजनी गरिएको थियो ।

राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत भोजपुर दिक्तेल सडकखण्ड निर्माण गरिरहेको गोल्डेन गुड शेर्पा कन्स्ट्रक्सन प्रालिको स्वामित्वको चार एक्साभेटरमा केही समयअघि आगजनी हुँदा करिब रु ४ करोड बराबराको क्षति भएको महासंघले जनाएको छ ।रासस

प्रतिक्रिया दिनुहोस