२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जाजरकोटका सबै पालिका पूर्ण खोपयुक्त हुँदै

अ+ अ-

जाजरकोट । आगामी जेठभित्र जाजरकोटका सबै पालिकालाई सुनिश्चिततासहित पूर्ण खोपयुक्त पालिका घोषणा गरिने भएको छ । जिल्ला पूर्ण खोप समन्वय समितिको शनिबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

जिल्लाका सबै वडा पूर्ण खोपयुक्त घोषणा भइसकेका छन् । जेठ मसान्तभित्र नगर तथा गाउँपालिकालाई पूर्ण खोपयुक्त घोषणा गरेर असारभित्र जाजरकोटलाई पूर्ण खोपयुक्त जिल्ला घोषणा गर्ने निर्णय भएको खोप समन्वय समितिका अध्यक्ष जिल्ला समन्यव समितिका संयोजक मनबहादुर रावलले बताए । हालसम्म ५६ जिल्ला पूर्ण खोपयुक्त घोषणा भइसकेका छन् । रोगको दरमा कमी ल्याउने, अपाङ्गता हटाउने र बाल मृत्युदरमा कमी ल्याउने उद्देश्यसाथ सरकारले निःशुल्क खोप दिने व्यवस्था मिलाएको हो ।

अहिले १५ महिनामुनिका बालबालिका र गर्भवती महिलालाई विभिन्न ११ प्रकारका सरुवा रोगविरुद्ध खोप लगाउने गरिएको छ । जाजरकोटका २३० खोप केन्द्रबाट खोप लगाउने व्यवस्था मिलाइएको स्वास्थ्य सेवा कार्यालयका निमित्त प्रमुख टीकाराम जैसीले बताए । पूर्ण खोपयुक्त पालिका घोषणा गर्न १५ महिनामुनिका सबै बालबालिकाले खोप लगाएको हुनुपर्ने र कोही छुटेको भए २३ महिनाभित्र खोप लगाएर पूर्ण खोपको सुनिश्चितता भएपछि मात्र पूर्ण खोपयुक्त पालिका, जिल्ला घोषणा गर्न मिल्ने प्रावधान रहेको निमित्त प्रमुख जैसीले बताए ।

कार्यालयका अनुसार जाजरकोटमा एक वर्षमुनिका चार हजार ६६ बालबालिका र चार हजार ७९५ गर्भवती महिला छन् । सबैको साथ र सहयोग रहे निर्धारित समयमा नै पूर्ण खोपयुक्त पालिका घोषणा गरी जिल्लालाई नै पूर्णखोपयुक्त घोषणा गर्न सकिने जिल्ला समन्वय प्रमुख रावलको भनाइ थियो ।

राष्ट्रिय जनसाङ्ख्यिक स्वास्थ्य सर्वेक्षण सन् २०१६ अनुसार २८ दिनभित्र प्रतिहजारमा बालमृत्युदर २८, एक वर्षभित्र प्रतिहजार ३२ र पाँच वर्षभित्र बालमृत्युदर ३९ प्रतिहजार रहेको छ । जाजरकोटको तथ्याङ्क नभए पनि राष्ट्रिय तथ्याङ्कको दोब्बर हुनसक्ने अनुमान छ । नेपालमा ७८ प्रतिशत बालबालिकाले सबै खोप लगाएको, २१ प्रतिशतले पूर्णखोपबाट वञ्चित रहेको र एक प्रतिशत बालबालिकाले कुनै पनि खोप नपाएको तथ्याङ्क छ । भौगोलिक विकटता, जनचेतनाको कमी, स्वास्थ्यकर्मीको अभावलगायतका समस्या पूर्ण खोप सुनिश्चितताका चुनौतीका रुपमा रहेको निमित्त प्रमुख जिल्ला अधिकारी विष्णु सहनीले बताए । उनले खोप लगाउने बेला महिला स्वयंसेविकामार्फत सबैलाई खबर गर्नुपर्ने धारणा राखे ।