२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नियम पालना नगर्ने सवारीसाधनबाट ३५ लाख जरिवाना

अ+ अ-

काठमाडौँ । चालू आर्थिक वर्षमा यातायात व्यवस्था विभागले सडक नियम पालना नगर्ने सवारी साधनबाट रु ३५ लाख जरिवाना गराएको छ । विभागले विभिन्न स्थानमा गरेको अनुगमनका क्रममा सडक नियम पालना नगर्ने सवारी साधनलाई सो रकम जरिवाना गराएको हो ।

विभागले दैनिक विभिन्न स्थानमा पुगेर सवारी साधनको अनुगमन गरिरहेको विभागका महानिर्देशक गोगनबहादुर हमालले बताए । उनका अनुसार काठमाडौँ उपत्यका र नाकासम्म पुगेर अनुगमन गरिँदै आएको छ । उपत्यका बाहिर पुग्न नसकिए पनि उपत्यकाभित्र नियमितरूपमा अनुगमन भइरहेको छ । विभिन्न माध्यमबाट आएका उजुरी र गुनासोका आधारमा समेत अनुगमन भइरहेको उनले बताए। उनले भने, ‘हामीले सूचनाका आधारमा र आफैँले पनि उपयुक्त स्थान छानेर नियमितरूपमै अनुगमन र कारवाही गरिरहेका छौँ ।’

विभागको जिम्मेवारी सडक नियमको पालना गराउने भए पनि जनशक्ति कमीलगायतका कारण विभागभन्दा ट्राफिक प्रहरी सडक नियम पालना नगर्ने सवारी साधनलाई कारवाही गरिरहेको देखिन्छ । ट्राफिक प्रहरीले सवारी साधनले गल्ती गर्दा कारवाही गरे पनि नियमितरूपमा सडकमा अनुगमन कम गरेको यात्रुले गुनासो गर्दै आएका छन् ।

विभागमा सडक अनुगमनका लागि पर्याप्त जनशक्ति नभएको महानिर्देशक हमालले बताए । सवारी ऐनले सडक नियमको नियमन र आवश्यक कारवाहीको अधिकार ट्राफिक प्रहरी र विभाग दुवैलाई दिएको छ । नयाँ संरचनाअनुसार प्रदेश र स्थानीय तहलाई पनि सडक नियम पालना गराउने अधिकार दिइएको छ ।