२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भत्काइयो लुम्बिनी प्रादेशिक अस्पतालका व्यावसायिक सटर

अ+ अ-

बुटवल । लुम्बिनी प्रादेशिक अस्पताललाई सुविधासम्पन्न अस्पतालका रूपमा विकास गर्ने योजना अघि बढ्ने भएको छ । प्रदेश सरकारले पहिलो चरणमा अस्पतालले निर्माण गरेर व्यावसायिक रूपमा भाडामा लगाएका सटर भत्काएर बाहिरी पर्खाल लगाउने काम अघि बढाउने काम शुरु भएको छ ।

यसअघि प्रदेश सरकारको गत कात्तिक १८ गतेको मन्त्रिपरिषद् बैठकले मङ्सिर महिनाभरिमा व्यवसायीलाई सटर खाली गर्न सूचना गरेको थियो । यसअघि लुम्बिनी प्रादेशिक अस्पतालले साउन ३० गते सटर खाली गर्न तीनमहिने सार्वजनिक सूचना जारी गरेको थियो ।

सरकारको उक्त निर्णयविरुद्ध केही व्यवसायीले रुपन्देही जिल्ला अदालतमा दायर गरेको रिट निवेदन अदालतले खारेज गरेपछि प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले ४८ घण्टाको म्याद दिएर सटर खाली गर्न सूचना जारी गरेको थियो ।

उक्त म्याद सकिएपछि आज बिहान अस्पताल प्रशासनले सुरक्षाकर्मी परिचानल गरेर डोजर लगाई सटर भत्काएको छ । अस्पताल प्रशासनले आज बिहान ६ बजेबाट भत्काउन शुरु गरेको हो । सटर व्यवसायीले अटेर गरेपछि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका व्यावसायिक सटर डोजर लगाएर भत्काइएको हो । अस्पतालको पूर्व र उत्तरतर्फ ७३ वटा सटरमा व्यावसायिक मेडिकल तथा अन्य व्यवसाय सञ्चालनमा रहेका थिए । अस्पताललाई स्तरोन्नति गर्न गुरुयोजना निर्माण गरेर काम अघि बढाउने प्रक्रिया शुरु भइसकेकाले छिट्टै नै अस्पतालको बाहिरी पर्खाललगायत अन्य पूर्वाधार निर्माणको कामसम्पन्न गरिने अस्पताल विकास समितिका अध्यक्ष सूर्यबहादुर भट्टराईले जानकारी दिए ।

प्रदेश सरकारले लुम्बिनी प्रादेशिक अस्पतालको स्तरोन्नतिको योजनालाई प्रदेशको गौरवको योजनाका रूपमा अघि बढाउने निर्णय गरेको छ । अस्पतालमा विशेषज्ञ स्वास्थ्य सेवा (क्याथल्याब, न्युरो सर्जरी, क्यान्सर उपचार, अर्गान ट्रान्सप्लान्टेशनलगायत) विस्तार गर्ने प्रदेश अस्पताललाई रिफरल अस्पतालका रूपमा सञ्चालन गर्ने सरकारको योजना रहेको छ ।