२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुदूरपश्चिमका ७५ स्थानीय तहमा ग्रामीण अल्ट्रासाउन्ड सेवा

अ+ अ-

डोटी । सुदूरपश्चिमका ८८ स्थानीय तहहरूमध्ये ७५ स्थानीय तहमा ग्रामीण अल्ट्रासाउन्ड सेवा सुरु भएको सुदूरपश्चिम स्वास्थ्य निर्देशक डा. गुणराज अवस्थीले जानकारी दिएका छन् ।

सुदूरपश्चिम प्रदेश सरकारले एक स्थानीय तह एक अल्ट्रासाउन्ड मेसिन उपलब्ध गराई सेवा सुरु गरिएको डा.अवस्थीले बताए । ‘ग्रामीण क्षेत्रमा रहेका गर्भवती महिलाहरूको स्वास्थ्य अवस्थालाई लक्षित गरी यो सेवा सुरु गरिएको हो’ डा. अवस्थीले भने ‘ग्रामीण अल्ट्रासाउन्ड सेवाबाट गर्भवती अवस्थामा आमा र बच्चाको स्वास्थ्य अवस्थाको बारे सही जानकारी हुनेछ ।’

डा।अवस्थीले दक्ष स्वास्थ्य कर्मीको अभावले तत्काल प्रदेशका ८८ वटै स्थानीय तहमा यो सेवा पुर्‍याउन नसकिएको बताए । उनले भने ‘दक्ष प्रशुतिकर्मी (एसविए) तालिम प्राप्त गरेका स्वास्थ्य कर्मीलाई अल्ट्रासाउन्ड सम्बन्धी २१ दिने तालिम दिएर दक्ष बनाउनु पर्ने भएकाले सबै ठाउँमा सुरु हुन सकेको छैन ।’उनले थपे ‘एसविए तालिम पाएका स्थानीय तहका कर्मचारीहरूलाई २१ दिने तालिम दिई सेवा सुरु भएको छ, बाँकी १३ स्थानीय तहमा दक्ष जनशक्ति तयार गर्ने काम भइरहेको छ ।’ उनले वैशाखभित्र सुदूरपश्चिम प्रदेशकासवै स्थानीय तहमा सेवा पुग्ने समेत दाबी गरे ।

डोटीको दिपायल सिलगढी नगरपालिका–९ कलेनामा कार्यरत स्टाफ नर्स ज्योति श्रेष्ठले ग्रामीण अल्ट्रासाउन्ड सेवा सुरु भइसकेको बताइन् । उनले भनिन् ‘प्रत्येक गर्भवती महिलालाई तीन पटक निःशुल्क अल्ट्रासाउन्ड गरिन्छ ।’ उनले अल्ट्रासाउन्डको कुनै साइड ईफेक्ट नहुने पनि दाबी गरिन् । अल्ट्रासाउन्ड गर्दा आमा र बच्चाको अवस्था असामान्य देखिए तत्काल उपचारका लागि जान सुझाव दिने गरेको श्रेष्ठ बताउँछिन् ।

डोटी जिल्लाका नौ स्थानीय तहमध्ये सात वटामा ग्रामीण अल्ट्रासाउन्ड सेवा सुरु भएको स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले जानकारी दिए । उनले सायल र बडीकेदार गाउँपालिकाबाट पहिलो चरनमा एसविए तालिम प्राप्त स्थ्यकर्मी नहुँदा छुटेका थिए अहिले तालिममा पठाइएको समेत बताए । उनले भने ‘हामीले स्थानीय तहहरूमा पनि दुर्गम वडाका स्वास्थ्य चौकीहरूमा यो सेवा सुरु गरेका छौँ ।’

महिलाहरूको स्वास्थ्य बिग्रिनुको मुख्य कारण बाल विवाह

सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा अवस्थीले सुदूरपश्चिममा महिलाहरूको स्वास्थ्य बिग्रिनुको मुख्य कारण बालविवाह भएको दाबी गरेका छन् ।

‘१६/१७ वर्षकै उमेरमा विवाह हुन्छ, विवाह भएपछि गर्भवती हुन्छिन्, कलिलै उमेरमा आमा बन्छिन्’ डा अवस्थीले भने ‘त्यसपछि एकातिर स्वास्थ्य समस्या देखिन्छ, अर्कोतिर आर्थिक समस्या देखिन्छ ।’ महिलाहरूको पाठेघर खस्ने, मातृमुत्यु हुने, शिशु मृत्यु हुने, कुपोषण जस्ता समस्याहरू बालविवाहकै कारण हुने गरेको अवस्थी बताउँछन् ।

‘किशोरीको शिक्षामा अवरोध आउने, स्वास्थ्यमा विभिन्न प्रकारका समस्या आउने र धेरै सन्तान जन्मिने समस्या देखिएको छ’ स्वास्थ्य कार्यालय डोटीले आयोजना गरेको पूर्ण खोप सुनिश्चितता, दिगोपना घोषणा सम्बन्धी अभिमुखीकरण तथा कार्य योजना निर्माण गोष्ठीमा सहभागी स्थानीय तहका प्रमुख उपप्रमुखहरूलाई आग्रह गर्दै डा अवस्थीले भने ‘महिला स्वास्थ्य अवस्थामा सुधार ल्याउनु छ भने बालविवाह रोक्नका लागि तपाइहरूले ठोस पहल चाल्नु जरुरी छ ।’

कार्यक्रमका सहभागी स्थानीय तहका प्रमुख उपप्रमुखहरूले डोटी जिल्लामा खोपको पहुँच शतप्रतिशत पुर्‍याउने र पूर्ण खोपको पहुँचलाई दिगो बनाउन सहयोग गर्ने लिखित प्रतिबद्धता जनाएका छन् । हाल डोटी जिल्लामा करिब ८५ प्रतिशत बालबालिकाहरूले मात्रै पूर्ण खोप पाइरहेको स्वास्थ्य कार्यालय डोटीका प्रमुख मलासी बताउँछन् ।