२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

घोडा दौड, पैसेरु नाच र खेलकुद गरेर प्रजातन्त्र दिवस मनाउने

अ+ अ-

डोल्पा । डोल्पामा ७० औँ प्रजातन्त्र दिवस विविध कार्यक्रम गरेर तीन दिन भव्य रूपमा मनाइने भएको छ ।

घोडा दौडदेखि मैत्रीपूर्ण भलिबल र पैसेरु नाच सम्म प्रदर्शन गरी मनाइने आयोजक जिल्ला समन्वय समितिले जानकारी दिएको छ ।

७०औँ प्रजातन्त्र दिवसको मूल आयोजक जिल्ला समन्वय समितिले जिल्लाको सबै कार्यालयको आर्थिक सहयोगमा प्रजातन्त्र दिवस मनाउन लागेको जिल्ला समन्वय समितिका उप-प्रमुख नरबहादुर बुढाले बताए ।

फागुन ६ गते सरकारी तथा गैरसरकारी कार्यालय सार्वजनिक स्थल,बजार सरसफाइ गर्ने सबै कार्यालयमा साँझ ८ गते सम्म दिपप्रज्यवलन गर्ने, कारागारका कैदी र अस्पतालका बिरामीलाई फलफूल वितरण गर्ने र मैत्रीपूर्ण भलिबल खेल शुभारम्भ गर्ने कार्यक्रम रहेका छन् ।

त्यसै गरी फागुन ७ गते प्रभातफेरी, नृत्य, माध्यमिक विद्यालय स्तरीय वक्तीत्वकला प्रतियोगिता,पैसूरु नाच र मनतब्यको कार्यक्रम रहेको आयोजक जिल्ला समन्वय अधिकारी नारायण अधिकारीले जानकारी दिए ।

उनका अनुसार, फागुन ८ गते बिहान भलिबलको फाइनल खेल गरेर दिउसो सबैको लोकप्रिय खेल घोडादौड प्रतियोगिता गरी पुरस्कार सहित समापन गर्ने कार्यक्रम तय भएको बताए ।

डोल्पामा प्रजातन्त्र दिवसमा घोडादौड प्रतियोगिता २०५२ सालदेखि नै थालनी गरिएको हो । उक्त प्रतियोगिता यस बर्ष पनि प्राथमिकतामा राख्दै घोडादौड आयोजना गरिने भएको छ । तर अघिल्ला वर्षमा घोडादौड ७ गते गरिने भए पनि यस वर्ष भने ८ गते सारिएको छ ।

७० औँ प्रजातन्त्र दिवसको अवसरमा हुने सबै कार्यक्रमहरूमा सरकारी कार्यालयका कर्मचारी, स्थानीय र होटेल ब्यावसायिहरुलाइ अनिवार्य रूपमा उपस्थित हुन प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले आग्रह रेका छन् ।

प्रजातन्त्र दिवस मनाउन जिल्लाका सबै सरकारी कार्यालयले जिम्मेवारी लिएका छन् । भने आयोजकको रूपमा जिल्ला समन्वय समितिले लिएको छ ।