२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

संसदमा गगन थापाले मागे प्रधानमन्त्रीको राजीनामा

अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेका छन् ।

प्रतिनिधिसभाको विशेष समयमा बोल्दै सांसद थापाले नेपाल कम्युनिष्ट पार्टी र देशको हितका लागि राजीनामा दिन प्रधानमन्त्रीलाई आग्रह गरेका हुन् ।

संसदमा गणित भए पनि शासन गर्ने वैधानिक योग्यता र क्षमता गुमेको भन्दै उनले भने, ‘सम्माननीय प्रधानमन्त्रीजी नेपाल कम्युनिस्ट पार्टीको स्वास्थ्यको लागि र सिंगो नेपालको स्वास्थ्यको लागि तपाई‌ं स्वास्थ्य लाभ गर्न गइदिनुहोस् ।’

बास्कोटाले कमिसन मागेको अडियो सार्वजनिक हुनुभन्दा डेढ महिनाअघि नै प्रधानमन्त्रीले सुनेको दाबी आइरहेको भन्दै यो विषयमा संसदमा आएर जवाफ दिन प्रधानमन्त्रीलाई आग्रह गरे । ‘संसदमा आएर, उभिएर आँखामा आँखा जुधाएर नागरिक र हाम्रो प्रश्नको उत्तर दिने हिम्मत प्रधानमन्त्री ज्यूसँग छ कि छैन् रु’ थापाले भने, ‘प्रधानमन्त्री ज्यूसँग हिम्मत छ कि छैन मलाई थाहा छैन तर संसदसँग यो हिम्मत हुनै पर्छ । ध्यानाकर्षण मात्रै होइन सभामुख महोदय संसदले यो सामर्थ्य राख्नै पर्छ । सम्मानीय प्रधानमन्त्री डाँडाकाँडा डुलेर बस्ने होइन । ताल तलैया हेरेर बस्ने होइन् । सदनमा आउनुपर्छ । यहाँ उभिनुपर्छ प्रश्नको सामना गर्नुपर्छ । हामी यहाँ बसेर निम्छरो होइन् सही प्रश्नहरु सोध्नेछौँ ।’

‘प्रधानमन्त्रीले के भन्छन् भन्ने थाहा नभए पनि आसेपासेहरुले थाहा थिएन भन्न थालेको उनले सुनाए । ‘प्रधानमन्त्रीको चुलो चलाउने, प्रधानमन्त्रीको तुलोमा राख्दै गर्दा कसैले नभ्याउने अनि प्रधानमन्त्रीका भनाइमा काभ्रेले अहिलेसम्म जन्माएको सर्वाधिक प्रतिभाशाली प्रधानमन्त्रीको प्रवक्ताले गर्नुभएको यी कुराहरु प्रधानमन्त्रीलाई थाहा थिएन भनेर हामीले पत्याउनुपर्ने ?’ उनले भने, ‘पत्याउने हो भने हाम्रो प्रश्न रहन्छ, सबैकुरा तपाईलाई थाहा छैन भने प्रधानमन्त्रीजी तपाईंलाई के थाहा छ ?’

‘सेक्युरिटी प्रिन्टिङ प्रेससँगै फोर जी विस्तार, अप्टिकल फाइबर विस्तार, सामुदायिक विद्यालयमा कम्प्युटर ल्याब स्थापनालगायतका ठेक्काबारे सबै कुरा थापा भए पनि अहिले परिस्थिति नियन्त्रण बाहिर गएपछि बास्कोटा बलिको बोको भएको भनेर नागरिकले भनिरहेका छन्, सांसद थापाले भनेका छन् ।

प्रधानमन्त्रीले पटकपटक भ्रष्टाचारीको अनुहार हेर्दिन भनेको भन्दै उनले अहिले नागरिकहरुले बालुवाटारमा ऐन छ कि छैन भनेर मेत प्रश्न गर्न थालेको उनले सुनाए । नेकपा नेताहरुले प्रधानमन्त्री र भ्रष्टाचारबारे ठूलो स्वरले बोल्न नसके पनि आफूहरुसँग कानेखुसी गर्दै गुनासो गर्ने गरेको भन्दै उनले भने, ‘संसदको लबीमा भेट्दा कहिलेकाँही कानेखुसी गरेर हामीलाई भन्छन्, हाम्रो प्रधानमन्त्री पहिले पहिले मार्क्सवादी जस्तो देखिनुहुन्थ्यो । बीचमा समाजवादी जस्तो देखिन थाल्नुभयो । आजभोलि यताबाट हेरेपनि उताबाट हेरे पनि यतीवादी मात्रै देखिनुहुन्छ भन्नुहुन्छ । प्रधानमन्त्रीजी तपाईंलाई थाहा छ ?’

उनले संविधान संशोधनबारे प्रश्न गरे । एक व्यक्तिलाई प्रधानमन्त्री बनाउने गरी संविधान संशोधनको प्रस्ताव ल्याउँदा प्रधानमन्त्री कमजोर देखिएको भन्दै कांग्रेस सांसद थापाले भने, ‘तपाईंलाई बाहिर के भन्दैछन् थाहा छ ? ‘देखिँदाखेरी सुरो, यथार्थमा बिचरो’ भन्दैछन्, तपाईंलाई थाहा छ ?’,

प्रधानमन्त्रीको जन्मदिन व्यक्तिगत विषय भएको तर यसले कतिपयको पूर्वराजा र भारदारहरुको न्यास्रो मेटाएको उनले बताए । ‘उहाँहरु, हामीलाई २०६०/२०६१ को ज्ञानेन्द्रको न्यास्रो मेटाइदिएको छ भन्नुहुन्छ । पूर्वराजा यसरी नै हिडिबक्सनुहुन्थ्यो । आफैं अभिनन्दन गराउन लगाइबक्सन्थ्यो । विद्यार्थीहरुलाई बोलाई बक्सन्थ्यो । सबैले जय जयकार गर्थे’ उनले भने, ‘प्रधानमन्त्रीजी मात्र होइन, त्यो जन्मोत्सव मनाउँदै गर्दा प्रधानमन्त्रीको वरिपरि जे जस्तो भिडभाड देखियो, यसले हिजो राजाका वरिपरि रहने भारदारहरुको न्यास्रो पनि मेटाइदिएका छन भन्नुहुन्छ उहाँहरु ।’