२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

धितोपत्र बजार : नेप्सेमा भारी गिरावट

अ+ अ-

काठमाडौं । धितोपत्र बजारमा आज नेप्से परिसूचकमा भारी गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ६८.४७ अङ्कले घटेर एक हजार ४४१.२० मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक १५.१७ अङ्कले घटेर ३०८.८७ मा पुगेको छ ।

आज कूल १७४ कम्पनीका ६७ लाख ७१ हजार १४१ कित्ता शेयर रु दुई अर्ब ९० करोड ८४ लाख ७२ हजार ६०३ मा खरिद बिक्री भयो । आज कारोवार भएका कूल १२ वटै उपसमूहको शेयर ओरालो लागेको छ । बैंकिङ ६०.९७, व्यापार २.९७, होटल ८०.०४, विकास बैंक ७२.१४, जलविद्युत् २९.९६, फाइनान्स १४.१, निर्जीवन बीमा ४०६.९५, उत्पादन ८८.६७, अन्य २८.५, माइक्रोफाइनान्स १४८.२५, जीवन बीमा ४५६.९६ र सामूहिक लगानी कोषको ०.१२ अङ्कले ओरालो लागेको छ ।

कारोवार रकमका आधारमा आज नेपाल लाइफ इन्स्योरेन्स शीर्ष स्थानमा रह्यो । सो कम्पनीको शेयर रु २६ करोड ६६ लाख ३२ हजार ८८१ मा खरिद बिक्री भयो । एनएमबी बैंकको रु १३ करोड ८९ लाख ३७ हजार ११९, हिमालनय डिष्टिलरीको रु १३ करोड २२ लाख पाँच हजार ७८, एनआइसी एशिया बैंकको रु १३ करोड एक लाख तीन हजार ५०८ र गुराँस लाइफ इन्स्योरेन्स कम्पनीको शेयर रु १० करोड छ लाख २८ हजार १११ मा खरिद बिक्री भयो ।

बजार घटे पनि सामुदायिक लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ५.१७ प्रतिशतले कमाए । यस्तै रिलायन्स फाइनान्स ५.०४, लक्ष्मी भ्यालु फण्ड–एक १.९०, स्वरोजगार लघुवित्त विकास बैंक १.६२, साल्ट ट्रेडिङ कर्पोरेशन ०.८५ र मल्टिप्रपोज फाइनान्स कम्पनीका शेयरधनीले ०.७९ प्रतिशतले कमाए । आज सबैभन्दा बढी नेशनल माइक्रोफाइनान्स वित्तीय संस्था, नेपाल सेवा लघुवित्त वित्तीय संस्था, स्वदेशी लघुवित्त वित्तीय संस्था र कालिका माइक्रोक्रेडिट डेभलपमेन्टका शेयरधनीले समान १०/१० प्रतिशतले गुमाए ।