१६ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कोरोनाको अफवाहले कालोबजारी मौलाउँछ : रामकुमारी झाँक्री

अ+ अ-

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सांसद रामकुमारी झाँक्रीले कोरना भाइरसविरुद्ध अफवाह फैलिएको र सरकारले एकीकृत धारणा सार्वजनिक गर्नुपर्ने बताएकी छिन् ।

नेपाली कांग्रेसका नेता तथा सांसद गगनकुमार थापाले संसदमा शुक्रबार दर्ता गरेको सार्वजनिक महत्त्वको प्रस्तावमाथि धारणा राख्दै नेतृ झाँक्रीले सामाजिक सञ्जालमा विविध धारणा सार्वजनिक भएको र त्यसले आतंक फैलाएको बताइन् ।

‘कोरोनाको सन्दर्भमा विश्व स्वास्थ्य सङ्गठनले हामीलाई संवेदनशील र जोखिमयुक्त देशको सूचीमा राखिसकेको छ । यसका पछाडि वास्तविकताभन्दा पनि अफवाह फैलने गर्छ । अफवाहका कारणले बजारमा कालोबजारी मौलाउने, मानिसहरूको निराशा छाउने, यस्ता मानवीय संवेदनाका धेरै पक्षहरू निर्मम र कठोर हिसाबले समाजमा देखिने अवस्था छ’, उनले भनिन्, ‘यस्तै बेलामा सरकारको उपस्थित चाहिन्छ । कोरोना भाइरसका बारेमा सरकारको एकीकृत धारणा आउनुपर्‍यो । सामाजिक सञ्जालमा आएजस्ता फरकफरक भनाइले होइन । जनताले के गर्ने एक, दुई, तीन गरेर सरकारले भन्नुपर्‍यो ।’

उनले विज्ञहरूले कोरोना भाइरस सामान्य रूघाखोकी निम्त्याउने भाइरसजत्तिकै भएको बताइरहेकाले सरकारले पनि त्यसैको भर गरेजस्तो देखिएको बताइन् ।

‘यो भाइरसन सन् २००२–३ तिर देखा परेको सार्स भाइरस जस्तै प्रकृतिको हो तर त्यसमा मृत्युदर १० प्रतिशत थियो भने यसमा प्रभावितभित्र मृत्युदर २–३ प्रतिशत मात्रै छ,’ उनले भनिन्, ‘यो धेरै गम्भीर होइन, आत्तिनुपर्दैन भनेर विज्ञले भनेको भएर एकातिर हामीले केही पनि तयारी नगर्ने, अर्कोतिर नागरिकमा ज्यादै निराशा छाउने, त्यसकारण यी दुईकुराको बीचका कामचाहिँ सरकारले गर्नुपर्छ ।’

उनले नेपालमा कोरोना भाइरस भित्रिए नियन्त्रण गर्न कठिन हुने बताइन् । चीनजस्तो मुलुकलाई त अप्ठ्यारो परेकाले नेपालले थेग्न नसक्ने उनको भनाइ थियो ।

‘यो भाइरस हाम्रो देशमा फैलियो भने यसको जोखिमबाट बच्न धेरै गाह्रो छ । चीन जस्तो मुलुकलाई पनि दबाईदबाई परेको अवस्थामा नेपालले यो थेग्न सक्दैन । त्यसकारण हामीले यसमा विकर्षणका कुराहरु अवलम्बन गर्नुपर्छ’, उनले भनिन् ।

‘यसमा धेरै सावधानी अपनाउनुपर्छ । कोरानाले विश्वअर्थतन्त्रकै सूचकाङ्क तलमाथि पारिरहेकाले हाम्रो अर्थतन्त्रको सूचक पनि तलमाथि हुने, नेपालका आयोजना समयमा पूरा नहुने हुनसक्छ । नेपालमा सञ्चालिन आयोजनामा आउने र जाने कामदारको क्वारेन्टाइनमा ध्यान दिनुपर्छ,’ उनले सुझाइन् ।

प्रतिक्रिया दिनुहोस