२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जग्गा प्रशासन पारदर्शी र सुशासनको गतिमा : मन्त्री अर्याल

अ+ अ-

वालिङ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्‍माकुमारी अर्यालले जग्गा प्रशासन पारदर्शी र सुशासनको गतिमा अगाडि बढेको बताएकी छन् । हिजो नापी/नक्सामा देखिएका समस्यालाई आधुनिक प्रविधिका माध्यमबाट अगाडि बढाउन शुरु गरिएसँगै समाधान भएर जाने मन्त्री अर्यालले बताएकी हुन् ।

स्याङ्जाको वालिङमा आज नापी कार्यालयको नवनिर्मित भवनको उद्घाटन तथा स्याङ्जा जिल्ला पुनः नाप/नक्सा शुभारम्भ कार्यक्रममा मन्त्री अर्यालले हिजो अनुमानमा गरिएका कित्ताकाट अब डिजिटल प्रविधिसँगै सरल र सहज हुनुका साथै जग्गामा देखिएका समस्या अन्त्य भई सुशासनको पाटोमा अगाडि बढ्ने वातावरण बनेको बताइन् ।

‘हिजोका दिनमा ढड्डा पल्टाउनुपर्ने, फिता लिएर प्राविधिक तथा जग्गाधनी हिँड्ने गर्नुहुन्थ्यो’, मन्त्री अर्यालले भनिन्, ‘अब नयाँ प्रविधिको शुरुआतसँगै हिजोका समस्या पनि हटेर गएका छन् भने जग्गामा देखिएका विवाद पनि क्रमशः समाधान गर्दै जानमा यसले टेवा पुग्ने विश्वास छ ।’

आधुनिक एवं उन्नत प्रविधिको माध्यमबाट हिजो जमीन नापजाँचका क्रममा देखिएका त्रुटि, छुटेका जमीन वा नापी नक्सामा देखिएका अन्य समस्या समाधान गर्ने कार्यको शुरुआत भएको बताउँदै यस प्रविधिको कार्यान्वयनका लागि सबैको सहयोग आवश्यक रहेको मन्त्री अर्यालको भनाइ थियो ।

फरक प्रसङ्गमा बोल्दै मन्त्री अर्यालले भनिन्, ‘अबको दिशा विकास र समृद्धिको हो, हामी खण्डित भएर होइन कि जनताले देखेको सपना पूरा गर्नका लागि सबै राजनीतिक दल एकबद्ध भएर अगाडि बढ्नुको विकल्प छैन, होइन भने जनताले हामीप्रति गरेको आशा निराशामा परिणत हुनेछ ।’

कार्यक्रममा गण्डकी प्रदेश विधायन समिति सभापति मोहनप्रसाद रेग्मी, गण्डकी प्रदेशसभा सदस्य मीनप्रसाद गुरुङ, भूमि व्यवस्था विभागका महानिर्देशक प्रकाश जोशी, सचिव केदार न्यौपाने, वालिङ नगरप्रमुख दिलीपप्रताप खाँण, पुतलीबजार नगरप्रमुख सीमाकुमारी क्षेत्री, आँधीखोला गाउँपालिकाका अध्यक्ष सुधीरकुमार पौडेल, नेकपा स्याङ्जाका अध्यक्ष सूर्यप्रसाद गैरे, नेपाल महिला संघ केन्द्रीय उपाध्यक्ष सरस्वती अर्याल तिवारी, वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष शोभाकान्त पौडेल, जग्गादाता डोलराज तिवारीलगायतले प्रविधिको अभावका कारण विगतमा जग्गा नापजाँच गर्दा देखिएका त्रुटि, अलमल सुधार गर्दै सेवालाई थप व्यवस्थित गर्नमा सघाउ पुग्ने विश्वास व्यक्त गरेका थिए ।

भवन कूल एक रोपनी चार आना क्षेत्रफलमा फैलिएको छ । नवनिर्मित भवनमा तीन तलाको १४ कोठासहित शौचालय, खाजाघर, सभाहल रहेको छ । उक्त भवन विसं २०७३ कात्तिकमा आत्रेय ब्रह्मायाणी कामख्य जेभी काठमाडौँसँग ठेक्का सम्झौता भई २०७६ मङ्सिरमा निर्माण सम्पन्न भएको हो । रु दुई करोड ८ लाख ४६ हजार २०८ लागतमा भवन निर्माण गरिएको नापी कार्यालय वालिङका प्रमुख विवेक तिवारीले बताए ।

नापी कार्यालयले स्याङ्जाका साविकका ३१ गाउँ विकास समितिअन्तर्गत हालका चार नगरपालिका र तीन गाउँपालिकामा सेवा दिँदै आएको छ ।