२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मच्छिन्द्रनाथको पुनर्निर्माण छिट्टै अघि बढाइने

अ+ अ-

काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पुरातत्व विभागलाई ललितपुर महानगरपालिकामा पठाउनु भनी दुई महिनाअघि लेखेको रातो मच्छिन्द्रनाथ मन्दिर पुनर्निर्माण विषयक उपभोक्ता समिति गठन गर्ने पत्र यही फागुन १९ गते प्राप्त भएको छ ।

प्राधिकरणले लेखेको पत्र महानगरपालिका आउन ढिलाइ भएसँगै समिति गठन गरी काम अघि बढाउन अन्योल परेको नगर प्रमुख चिरीबाबु महर्जनले जानकारी दिए । उनले भने, ‘केही दिनअघि मात्र हामीले प्राधिकरणबाट लेखिएको समिति गठन गर्ने पत्र हात पारेका छौं । पत्रमा वडा नं २२ का वडाध्यक्ष बोलाएर वडा समितिमार्फत रातो मच्छिन्द्रनाथ पुनर्निर्माणका लागि समिति गठन गर्नु भनेको छ, गत शनिबार मच्छिन्द्रनाथ मन्दिर पुर्ननिर्माणका लागि पुरातत्वविद्सहित यस विषयको अध्ययन तथा अवलोकन गर्न हामी गर्यौ ।’

आउँदो शनिबार बुङमती गएर मन्दिर पुनर्निर्माण विषयक छलफल गरी काम अघि बढाउने योजना तयार गरिरहेको महर्जनले बताए । सार्वजनिक खरिद ऐन, २०६३ बमोजिम मन्दिर पुनःनिर्माणका लागि ठेक्कापट्टा गर्दा चाहेको गुणस्तर पाउन सकिँदैन ।

मन्दिरको उचित गुणस्तर कायम राख्न पाटन दरबार सङ्ग्रहालय निर्माण गर्ने समूहको प्रमुख, प्राधिकरण तथा पुरातत्वक विभागका प्रतिनिधिलगायत ३२ पानेजु सङ्घ र स्थानीयवासी राखेर छलफल गर्ने निर्णयमा महानगरपालिका पुगिसकेको महर्जनले जानकारी दिए ।

सो मन्दिर पुनःनिर्माणका लागि प्राधिकरणले सम्पूर्ण आर्थिक सहयोग गर्ने भएको छ । विसं २०७२ को गोरखा भूकम्प गएको लगभग पाँच वर्षपछि मच्छिन्द्रनाथ मन्दिरले पुनःनिर्माणको गति लिने भएको छ । मन्दिर पुनःनिर्माणका लागि तीन वर्ष पहिले जिम्मा लिएको श्रीलङ्का सरकारले विगतका ठेकेदार कम्पनीसँग असमझदारी भएपछि गत डिसेम्बरदेखि हात झिकेको हुँदा यो अन्योलमा परेको थियो ।

मन्दिर पुनःनिर्माणमा पार्टीगत हिसाबले नभई समाजमा वास्तविक योगदान गर्न चाहने व्यक्तिलाई छनोट गरी समिति गठन गरिने वडाध्यक्ष अम्बिरराज शाक्यले बताए । ‘मन्दिर पुनःनिर्माणमा कमाइखाने भाँडो बनाउने गरी काम गर्ने जिम्मा कसैलाई पनि दिइने छैन’, उनले भने । बुङ्मतीको मच्छिन्द्रनाथ मन्दिर पुनर्निर्माणमा अब ठेक्कापट्टा हुने छैन ।’

रातो मच्छिन्द्रनाथ पुनर्निर्माणमा परेको सहयोग गर्ने विभागका प्रमुख इञ्जिनियर सम्पत घिमिरेले बताए ।

वर्षा र सहकालका देवता मानिने रातो मच्छिन्द्रनाथको जात्रालाई उपत्यकाको लामो जात्राका रूपमा मनाउने गरिन्छ । रासस