२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बजेटअनुसारको विकास पुगेन : मुख्यमन्त्री शाही

अ+ अ-

मुसिकोट । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बजेटअनुसारको विकास जनताको पहुँचसम्म पुग्न नसकेको बताएका छन् । आज जिल्ला समन्वय समिति रुकुम पश्चिमको चौथो जिल्लासभामा उनले उपभोक्ताको नाममा विकास माग्ने प्रवृत्तिले नै जनताको पुहँचमा विकास पुग्न नसकेको बताए ।

जनताको विकासका लागि छुट्याइएको बजेट व्यक्ति विशेष हुनपुग्दा बजेटको दुरुपयोग हुने गरेको मुख्यमन्त्री शाहीको भनाइ छ । मुुलुक संघीयतामा गइसक्दा पनि पुरानै परिपाटीअनुरुप बजेटको परिचालन र परियोजना बन्ने गर्दा जनताको समृद्धिमा परिवर्तन आउन नसेकेको उनले बताए ।

अधिकांश परियोजना कार्यान्वयन नहुनु तथा विभिन्न भौतिक पूर्वाधारलगायत सिँचाइ र खानेपानीसमेत जनताको घरदैलोमा पुग्न नसक्नु अहिलेको समस्या रहेको मुख्यमन्त्री शाहीको भनाइ छ । ‘जनताको आर्थिक समृद्धि र तीव्र विकासका लागि जनताकै भावना र अपेक्षाअनुसार अगाडि बढ्उनुपर्छ,’ उनले भने । मुख्यमन्त्री शाहीले अबको बजेटमा महिला र बालबालिकाको स्तरवृद्धि गर्ने विभिन्न कार्यक्रम र परियोजना स्थानीय सरकारले ल्याउनुपर्नेमा सुझाव दिए ।

जिल्लासभामा जिल्लाका ६ वटै स्थानीय तहका प्रमुख, उपप्रमुखलगायत प्रमुख प्रशासकीय अधिकृतको उपस्थिति रहेको छ । दुई दिनसम्म चल्ने जिल्लासभा तथा गोष्ठीमा जिल्लाको बजेट तथा आगामी कार्यक्रम अनुमोदन लगायतको छलफल हुने जिल्ला समन्वय समितिका प्रमुख राजकुमार शर्माले बताए ।