१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

टोकियो ओलम्पिकको नयाँ मिति घोषणा, अर्को वर्षको जुलाईमा हुने

अ+ अ-

स्विट्जरल्याण्ड । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटिले सोमवार टोकियो ओलम्पिकको नयाँ मिति घोषणा गरेको छ ।

सत्रौँ ओलम्पिक सन् २०२१ मा गर्न टोकियो २०२० आयोजक समिति, टोकियो महानगरीय सरकार र जापान सरकारको सहमतिमा अन्तराष्ट्रिय ओलम्पिक कमिटिले नयाँ मिति तय गरेको हो ।

यसैवर्ष हुनेगरी पूर्व निर्धारित प्रतियोगिता कोरोनाभाइरसको विश्वव्यापी प्रकोपका कारण अर्को वर्षलाई सरेको हो । सारिएकोे मिति अनुसार टोकियो ओलम्पिक सन २०२१ को जुलाई २३ देखि अगस्ट ८ सम्म चल्ने ओलम्पिक समितिले जनाएको छ । त्यसैगरी पारालम्पिक प्रतियोगिता सन् २०२१ कै अगस्ट २४ देखि सेटेम्वर ५ सम्म हुने तय गरिएको छ ।

यसअघि टोकियो ओलम्पिक यसैवर्षको जूलाई २४ देखि अगस्ट ९ सम्म र पारालम्पिक यसैवर्षको २५ अगस्ट देखि ६ सेटेम्वरसम्म हुने गरी निर्धारण गरिएको थियो ।

अन्तर्राष्ट्रिय ओलम्पिक कमिटिले जारी गरेको वक्तव्यमा विश्यव्यापी रूपमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण खेलाडी, दर्शक, खेल पदाधिकारी, आयोजक र सहयोगीको स्वास्थ्यलाई ध्यान दिदै प्रतियोगिता अर्को वर्षलाई सार्नु परेको उल्लेख गरिएको छ ।

प्रतियोगिता यस वर्ष आयोजना गर्न टोकियोमा तयारीका धेरै कामहरु धमाधम भैरहेका थिए । तर केही समयदेखि तयारीका ती कामहरु कोरोना भाइरसका कारण अवरुद्ध भएकाले प्रतियोगिता अर्को वर्षलाई सार्नुपर्ने वाध्यता सृजना भएको हो । रासस/एएनआई

प्रतिक्रिया दिनुहोस