२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

महाकाली नदी पारी रहेका नेपालीलाई तत्काल नेपाल ल्याउन सर्वोच्चमा रिट

अ+ अ-

काठमाडौँ । महाकाली नदी पारी रहेका नेपाली नागरिकलाई नेपाल ल्याउन आदेशको माग गरी बुधवार सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ ।

अधिवक्ता मनीषकुमार श्रेष्ठलगायत ६ जना कानुन व्यवसायीद्वारा संयुक्त रूपमा दायर गरिएको रिट निवेदनमा नेपालीहरू जुनसुकै देश तथा ठाउँमा भए पनि उनीहरूको उद्धार गर्ने जिम्मा सरकारको भएको उल्लेख गर्दै महाकाली नदी पारी रहेका नेपालीहरूलाई तत्काल नेपाल ल्याउनको लागि सरकारलाई आदेश दिन माग गरिएको छ ।

अधिवक्ताहरू कीर्तिनाथ शर्मा, दीपकराज जोशी, रामदत्त ओझा मनि राम उपाध्याय र देवीकुमारी जोशीद्वारा दायर गरिएको रिट निवेदनमा नेपाली नागरिकलाई सर्वप्रथम नेपाल छिर्ने वातावरण बनाउन आदेशको माग गरिएको छ ।

महाकाली नदी पारी रहेका नेपालीलाई उद्धार गर्ने कार्य सरकारको भएको उल्लेख गर्दै उनीहरूलाई क्वारेन्टाइनमा राख्नु पर्ने जनाइएको छ । नेपालको संविधानको धारा ५ मा नेपालीको हक हितको रक्षा गर्ने जिम्मा सरकारको रहेको जनाउँदै रिट निवेदनमा नेपाल प्रवेश गरेपछि उनीहरू क्वारेन्टाइनमा बस्न तयार रहेका स्पष्ट गरेको छ ।

महाकाली नदी पारी हाल सयौँको सङ्ख्यामा नेपाल छिर्नको लागि प्रतीक्षा गर्दै बसेका बताइएको छ । उनीहरू मध्ये कतिपय महाकाली नदी पौडिएर नेपाल छिरेका समाचारहरू आइरहेका छन् । उनीहरूलाई नेपाल आउन नदिने हो भने संविधानको धारा १६(१), १७ १८, ३५ लगायतका व्यवस्था उल्लङ्घन हुने रिट निवेदनमा जनाइएको छ ।