२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मुसहर बस्तीमा छाड्यो चुल्हो बल्न

अ+ अ-

लहान । सप्तरीको डाक्नेश्वरी नगरपालिका ३ तरहीका मोलीया सदाका घरमा तीन दिनदेखि चुल्हो बल्न सकेको छैन । दैनिक मजदूरी गरी परिवारको गुजारा चलाउँदै आएका मोलियाको लकडाउनका कारण मजदूरी नै बन्द भएपछि बालबच्चासहित परिवारका सदस्य भोकभोकै बस्न बाध्य छन् ।

‘लकडाउनका कारण करीब दुई सातादेखि सबै काम बन्द छ’, मोलिया सदाले भने,’मजदूरीको काम बन्द भएपछि पहिले मजदूरी गरेर जम्मा पारिएको अन्नपात लकडाउनको एक सातासम्म बसेर खाइयो, अब एक माना अन्न छैन, कसरी परिवार पाल्ने भन्ने चिन्ता थपिएको छ ।’ घरमा अन्नपात नहुदाँ गत बुधबारदेखि चुलो नबलेका बालबच्चासँगै आफू भोकै बस्दै आएको उनले दुखेसो पोखे । मोलियाका घरमा उनीसहित ६ जनाको परिवार छ । मजदुरी बन्द भएपछि रोगभन्दा पनि भोकको चिन्ता बढ्को मोलियाको भनाइ छ ।

सोमनी सदाको परिवार पनि केही दिनदेखि भुजा खाएर दिन काट्दै आएको छ । ‘घरमा एक मुठी पनि चामल छैन’, सोमनीले भने, ‘’घरमा चामल छैन, थोरै मात्र भुजा रहेकाले त्यही खाएर गुजारा काटिरहेका छौँ ।’ आफूहरुले भुजा खाएरै दिन काट्दा पनि बालबच्चाले भात माग्ने गरेको दुखेसो सुनाउँदै सोमनीले थपे, ‘बच्चाहरुले भोक लाग्यो, भात दिनून भनी रुने गरेका छन्, कहाँबाट ल्याएर भात ल्याएर खुवाउनू ? असाध्यै चिन्तामा डुबेका छौँ ।’ सोमनीका घरमा उनीसँगै श्रीमान् र तीन छोराछोरी छन् ।

यो केवल मोलिया र सोमनीको मात्रै होइन बस्तीका अधिकांश परिवारको समस्या यस्तै छ । करीब ५० परिवारको उक्त बस्तीका सबैले मजदूरी गरेरै परिवार पाल्दै आएका छन् । कोभिड १९ को संक्रमण फैलिन सक्ने भन्दै सरकारले यही चैत ११ गतेदेखि देशव्यापी लकडाउन गरेपछि काम बन्द भई अधिकांश परिवारको चुल्हो बल्न बन्द भइसकेको छ ।

जिल्लाका विभिन्न स्थानीय तहका जनप्रतिनिधिले लकडाउनका समयमा मजदूरी बन्द भएका श्रमिक तथा विपन्न परिवारलाई राहत दिइरहेको एफएम रेडियोबाट समाचार सुन्दा आफूहरुलाई पनि राहत मिल्छ कि भन्ने आशमा उनीहरु बसेका छन् ।

भूमिहीन सुकुम्बासीका रुपमा बसोबास गर्दै आएका मुसहरको अवस्था अन्त्यन्तै कष्टप्रद रहेको स्थानीय अगुवाले बताए । शिक्षक विजय रायले भने,’लकडाउनभन्दा पहिले मजदूरी गरेर राम्रैसँग उनीहरुले गुजारा चलाउँदै आएका थिए तर मजदुरी नै बन्द भएपछि कोरोना भाइरसको त्राससँगै भोकमरीको मारमा परेका छन् ।’ आफूले डाक्नेश्वरी नगरपालिकाका नगरप्रमुख र वडाध्यक्षसँग भोकमरीको जानकारी गराए पनि अहिलेसम्म आश्वासनबाहेक केही पाउन नसकेको गुनासो रायले गरे ।

वडाध्यक्ष प्रदीप साहले दलित मुसहर बस्तीको समस्याबारे आफू जानकार रहेको र छिट्टै राहतको व्यवस्था मिलाइने बताए। ‘मजदूर तथा विपन्न परिवारको विवरण संकलन गरिसकेका छौंँ’, वडाध्यक्ष साहले भने, ‘अब एकदुई दिनभित्रै खाद्यान्नलगायत आवश्यक सामग्री वितरण गर्ने तयारी गरिसकेका छौंँ ।’

कतार एयरबाट फर्किएकाको रिपोर्ट नेगेटिभ
सप्तरी– कतार एयरवेजको क्यूआर ६५२ बाट नेपाल फर्किएका सप्तरीका जीतेन्द्र मण्डलसहित नौ जनाको स्वाब परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । कतार एयरवेजबाट नेपाल फर्किएका तिलाठी कोइलाडी गाउँपालिकाका मण्डलसहित भारतको तब्लिगी जमातबाट फर्किएका आठ जनाको रिपोर्ट नेगेटिभ आएको गजेन्द्रनारायणसिंह अस्पताल राजविराजले जनाएको छ । अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेण्ट डा.चुमनलाल दासका अनुसार यही चैत २० गते स्वाब परीक्षणका लागि सुनसरीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएकामा नौ जनाकै रिपोर्ट नेगेटिभ आएको छ ।

सप्तरीबाट पहिलो पटक नौ जनाको स्वाब नमूना परीक्षणका लागि धरान पठाइएको थियो । मण्डल चैत ४ गते कतार एयरवेजबाट नेपाल फर्किनुभएको थियो भने राजविराज नगरपालिकाका आठ जना चैत १८ गते भारत बिहारको विभिन्न मस्जिदमा भएको जमातबाट फर्किएका थिए ।

सुनसरीमा ३९ जनाको स्वास्थ्य परीक्षण
इनरुवा– कोभिड –१९ को आशङ्कामा सुनसरीमा ३९ जनाको स्वास्थ्य परीक्षण गरिएको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ । कोरोना भाइरसको परीक्षण गरिएका ३९ जना मध्ये २४ जनाको रिजल्ट नेगेटिभ आएको र उनीहरु घर फर्किएको सुनसरीका प्रमुख जिल्ला अधिकारी राजेश पौडेलले बताए ।

बाह्र जनाको स्वाब परीक्षणका क्रममा रहेको छ भने तीन जनाको परीक्षण हुन बाँकी रहेको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ । आइसोलेशनमा राखिएका एक जना समेत घर फर्किसकेको सुनसरी प्रशासनले जनाएको छ ।

जिल्लामा १६७ जना होम क्वारेन्टाइनमा बसेको जनाइएको छ । होम क्वारेन्टाइनमा रहेकाध्ये २६ महिला र १४१ पुरुष रहेको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ ।

बीस क्षमताको क्वारेन्टाइन
सुनसरीको गढी गाउँपालिकाले २० जना क्षमता भएको क्वारेनटाइन निर्माण गरेको छ । गढी २ मा रहेको गढदेउ अधारभूत विद्यालयमा २० जना क्षमता भएको क्वारेन्टाइन निर्माण गरिए गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रमोद चौधरीले बताए ।