११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राहत पर्खँदै विपन्न मुस्लिम परिवार

अ+ अ-

विराटनगर । स्थानीय जहरु मियाँको काम गर्न नसक्ने गरी खुट्टा भाँचिएको छ । श्रीमतीको श्रमबाट गुजारा चलिरहेकामा अहिले लकडाउन भएकोले काममा निस्कन नपाउँदा परिवारलाई हातमुख जोड्न गाह्रो भएको छ ।

घरमा न पैसा छ न अन्न । लकडाउन जारी भएको आज १३ औँ दिनसम्म गरीब एवं विपन्न मुस्लिम परिवारले जसोतसो परिवार चलाए, अब उनीहरुलाई खाद्यान्नको अभाव हुन थालेको छ ।

दैनिक काम गरेर पाउने ज्यालाबाट जीविकोपार्जन गर्ने यस्ता परिवारले लकडाउनमा काम गर्न पाएका छैनन् भने उनीहरुमा अब जीविकोपार्जन कसरी गर्ने भन्ने चिन्ता छ । ‘अब कसरी जीवन निर्वाह गर्ने हो ?’ सुनसरी इनरुवा नगरपालिका वडा नं.७ मुस्लिम बस्तीका विपन्न एवं गरीब परिवारको दुःखेसो हो यो । काम गर्न नपाएको अवस्थामा कसैले राहत लिएर आउँछन् कि भनेर बाटो रुँगेर बस्नु उनीहरुको नयाँ दैनिकी भएको छ । तर राहत त के जनप्रतिनिधिले पनि भेटघाट वा सान्त्वना दिन पनि नआउने उनीहरुको गुनासो छ ।

सामान्य अवस्थामा गाउँघरमै तथा केहीले सात किमी यात्रा गरेर इटहरी उपमहानगरपालिकाका गएर दैनिकी ज्यालादारीमा काम गरेर परिवार चलाईरहेका उनीहरु लकडाउनमा घर बाहिर निस्कने कुरै भएन । कोरोना भाइरसबाट बचाउन सरकारले यही चैत ११ देखि लकडाउन जारी गरेको थियो ।

लगातार दुई पटक तत्कालीन चाँदबेला गाविसको अध्यक्षमा निर्वाचित गराएको र पछिल्लो समयमा वडा सदस्य पदमा जिताएर सुनसरी जिल्ला समवन्य समितिका संयोजक हुने अवसर पाएका गोपाल राजभण्डारी कहिलेकाँही गाडी लिएर आए पनि उनको आश्वासन मात्र पाइएको स्थानीय निजाब मियाँले बताए । उनले भने, ‘म दिनभरी बरफ बेचेर गुजारा गर्ने मानिस हुँ अहिले बजार बन्द छ, बरफ फ्याक्ट्री बन्द छ । कहाँ बरफ किन्नु र बेचेर पैसा कमाउनु ?’

सोही गाउँका अताहुसेन मियाँले जनप्रतिनिधिलाई राहतका लागि अनेक अनुरोध गरेपनि अहिले सम्म राहत नआएको र सोही गाउँका हुनेखाने हाजी मोहम्मद रसुललाई गुहार माग्दा उनले करिव ७० परिवारमा १० केजी देखि १५ केजी चामल वितरण गरिदिएका छन् ।

आफूहरु श्रम गर्ने मानिसहरु श्रम नगरी पैसा आउँदैन थाहा छ तर कहाँ काम गर्ने र कसरी समस्यालाई समाधान गर्ने चिन्ता परेको अर्का स्थानीय दुर्गेश चौधरीले भने ।

अर्का स्थानीय आकुप मियाँले दिनभरी बस्दा बस्दा वाक्क लागेको र कहिले लकडाउन फुुकुवा हुन्छ र काम गर्न पाउँछु भन्ने आशामा रहेको बताए । उनले अहिलेका लागि राहत कुर्नु नै विकल्प भएको जनाए । सोही गाउँका मोहम्मद नजमुलले दुःखको बेलामा जनप्रतिनिधिले जनतालाई हेर्नुपर्ने बताए ।

सो वडाका वडा अध्यक्ष किशोर सिंहले राहत वितरण गर्न लगत तयार गरिरहेको र नगरपालिकामा छलफल भइरहेको जानकारी दिँदै निर्णय भएपछि राहत वितरण गरिने जनाए ।

प्रतिक्रिया दिनुहोस