२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्थानीय तहले हाजिर नगराएका ८६ कर्मचारीहरुलाई कामकाज गर्न खटाइयो

अ+ अ-

काठमाडौँ । लामो समयदेखि जिम्मेवारी विहिन बनेका स्थानीय तहका चौथो, पाँचौँ र छैटौँ तहका ८६ जना कर्मचारीलाई कामकाजका लागि खटाइएको छ ।

सम्बन्धित स्थानीय तहको माग बमोजिम लोक सेवा आयोगबाट सिफारिस भइ गएका स्थानीय तहका कर्मचारीलाई नियुक्ति दिएको तर हाजिर नगराएका कर्मचारीलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उनीहरुले पेश गरेको निवेदन, नियुक्तिको छायाँप्रति, सम्बन्धित स्थानीय तहमा पदपूर्तिको कारण सहितको रिफारिस र कर्मचारीहरुले रिक्त दरबन्दी रहेको स्थानीय तहबाट लयाएको सहमतिअनुशार कामकाजका लागि खटाएको हो ।

संघीय मामिला तथा तथा सामान्य प्रशासन मन्त्री हृदयेश त्रिपाठीले एक निर्णय गर्दै उनीहरुलाई कामकाज गर्न खटाउने निर्णय गरेका हुन् ।

स्थानीय तहकै मागको आधारमा सामान्य प्रशासन मन्त्रालयको सिफारिसमा लोक सेवा आयोगले सिफारिस गरेका चौथोदेखि छैटौँ तहसम्मका कर्मचारीलाई स्थानीय तहले विविध कारण देखाउँदै हाजिर गराउन नसकिने भन्दै फिर्ता गरेपछि उनीहरू यता न उताको अवस्थामा पुगेपछि महिनौदेखि सामान्य प्रशासन मन्त्रालयको पिपल चौतारीमा घाम तापेर बसिरहेका थिए ।

सम्बन्धित समाचार  : स्थानीय तहका सयौँ कर्मचारी काठमाडौँमा अलपत्र !

देशभरिबाट फिर्ता पठाएका स्थानीय तहका कर्मचारी लामो समयदेखि सामान्य प्रशासन मन्त्रालयको निर्णय कुरेर बसेका थिए ।