९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

डोटीमा कडाइ : बिसु पर्वमा आफन्तहरुसँग भेटघाट नगर्न आग्रह

अ+ अ-

डोटी । बैशाख १ गते नयाँ वर्ष तथा सुदुरपश्चिमेलीहरुको महान चाड बिसु पर्वमा आफन्तहरुसँग भेटघाट, जमघट नगर्न जिल्ला प्रशासन कार्यालय डोटीले आग्रह गरेको छ । कोरोना भाइरस (कोभिड १९) को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि बिसु पर्वमा आफन्तहरु लाई घरमा बोलाउने, भेटघाट गर्ने, जमघट गर्ने कार्य नगराउन अनुरोध गरिएको हो ।

डोटीका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले मंगलबार एक सूचना जारी गर्दै विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाईरसको संक्रमणलाई रोकथाम तथा नियन्त्रण गर्न देशभर लागू हुने गरी नेपाल सरकारले घोषणा गरेको लकडाउनको पूर्ण पालना गर्न जिल्ला बासीलाई अनुरोध गरेका छन् ।

‘दैनिक उपभोग्य तथा औषधिजन्य चिजवस्तुहरुको कृत्रिम अभाव देखाई मुल्यवृद्धी, कालाबजारी, जम्माखोरी, लुकाउने वा आपुर्ति अवरोध गर्न नहुने, अत्यावश्यक काम बाहेक घरबाट बाहिर ननिस्कन, अनुमति प्राप्त सवारी साधन, स्वास्थ्यकर्मि सुरक्षा निकायले प्रयोग गर्ने बाहेकका निजी तथा सार्वजनिक यात्रुबाहक सवारी साधनहरु सञ्चालनमा पुर्ण रोक लगाउने, औषधि तथा स्वास्थ्य उपकरण, खाद्य बस्तु, खानेपानी, दुघ उत्पादन गर्ने जस्ता उद्योग धन्दाबाहेका अन्य कलकारखाना बन्द गर्नुपर्ने‘, जिल्ला अधिकारी पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

साथै एक जिल्ला बाट अर्को जिल्ला, एक स्थानीय तहबाट अर्को स्थानीय तह आवत जावत नर्गन नगराउनसमेत आग्रह गरिएको छ ।

यस्तै, खरिद बिक्रीमा भौतिक दुरी कायम गरि खाद्यान्न तरकारी, फलफुलका पसलहरु बिहान ७ बजेदेखि ९ बजेसम्म र बेलुका ४ बजेदेखि ६ बजेसम्म खोल्ने व्यवस्था गर्नसमेत पौडेलले आग्रह गरेका छन् ।

उल्लिखित कार्यमा कसैले अपहेलना गरेमा तथा काममा बाधा गरेमा संक्रामक रोग ऐन २०२० बमोजिम कारबाही गरिने समेत प्रजिअ पौडेलले बताए । नेपाल सरकारले दोस्रो पटक बैशाख ३ गतेसम्मका लागि थप गरेको लकडान पछि डोटी जिल्लामा लकडाउनको पूर्ण परिपालनमा जोड दिईएको छ ।

प्रतिक्रिया दिनुहोस