१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मिर्गौला रोगीका लागि निःशुल्क एम्बुलेन्स सेवा

अ+ अ-

चिप्लेढुङ्गा । पोखरा महानगरपालिकाले महानगरभित्रका मिर्गौला रोगीलाई नियमित उपचारका लागि निःशुल्क एम्बुलेन्सको व्यवस्था गरेको छ ।

कोरोना भाइरसका कारण बन्दाबन्दी भएपछि आफ्नो नियमित जाँचबाट बञ्चित हुन पुगेका बिरामीको स्वास्थ्य अवस्थालाई ध्यान दिएर निःशुल्क एम्बुलेन्सको व्यवस्था गरेको एम्बुलेन्स व्यवस्थापन समितिका संयोजक रामराज लामिछानले जानकारी दिए ।

उनले भने, “अहिले सबैको ध्यान कोरोना सङ्क्रण रोकथाममा मात्र केन्द्रित छ, जसले गर्दा मिर्गौला रोगका बिरामी नियमित जाँचबाट बञ्चित हुनुपरेको अवस्थालाई ध्यान दिएर निःशुल्क एम्बुलेन्स सञ्चालन गरेका हौँ ।” उनले महानगरका ३३ वटै वडामा निःशुल्क एम्बुलेन्स सेवा रहेको र त्यसको भाडा महानगरले बेहोर्ने जानकारी दिए ।

उनका अनुसार महानगरमा कति मिर्गौला रोगी छन् भन्नेबारेमा वडाका जनप्रतिनिधि र स्वास्थ्यकर्मीले तथ्याङ्क सङ्कलन गरिरहेका छन् । महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङको अध्यक्षतामा वैशाख ६ गते बसेको बैठकले मिर्गौला पीडित बिरामीका लागि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गर्ने निर्णय गरेको वडा नं ९ का अध्यक्षसमेत रहेका संयोजक लामिछानेले जानकारी दिए । हाल महानगरका विभिन्न वडाबाट ८० बिरामीले आफूलाई पायक पर्ने अस्पतालबाट डायलालिस गराएको उनको भनाइ छ ।

५६४ जनाको नमूना सङ्कलन
यसैगरी गण्डकी प्रदेशमा कोरोना भाइरसका ५६४ जनाको नमूना सङ्कलन गरिएको छ । सङकलन गरिएका नमूनामध्ये ५४० जनाको नेगेटिभ आएको र २२ जनाको परिणाम आउन बाँकी रहेको स्वास्थ्य निर्देशनालयका निर्देशक विनोदविन्दु शर्माले जानकारी दिए । उनका अनुसार हालसम्म चार हजार ८७१ जनाको आरडिटी परीक्षण गरिएको छ । त्यसैगरी हेल्लो डाक्टर १०९२ मा ७३२ जनाले चिकित्सकीय परामर्शसहितको विशेषज्ञ सेवा लिएका छन् ।

पत्रकारलाई सुरक्षा सामग्री प्रदान
कोरोना भाइरस सङ्क्रमणको जोखिमका बेला कार्यक्षेत्रमा सक्रिय रहेका प्रदेशका पत्रकारलाई व्यक्तिगत सुरक्षा सामग्री वितरण गरिएको छ ।

नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेश समितिले शुक्रबार बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङका पत्रकारका लागि मास्क, स्यानिटाइजर र पञ्जा प्रदान गरेको हो । समितिका उपाध्यक्ष शान्ति गुरुङ, महासचिव गणेश पौडेल, सदस्य खेम सारु, सङ्गम घर्तीमगर र सन्तोष गौतमको उपस्थितिमा महासङ्घका चारै जिल्ला शाखाका पदाधिकारीलाई सामग्री हस्तान्तरण गरिएको महासचिव गणेश पौडेलले जानकारी दिए । उनका अनुसार गुणस्तरीय एन–९५ सहित सर्जिकल मास्क पनि प्रदान गरिएको छ । शुक्रबार बागलुङ, पर्वत, म्याग्दी, मुस्ताङ र स्याङ्जामा उपलब्ध गराइएको हो ।

कोभिड–१९ को समाचार सङकलन र सम्प्रेषणमा जोखिम मोलेर काम गरिरहेका प्रदेशका ११ वटै जिल्लाका पत्रकारलाई व्यक्तिगत सुरक्षा सामग्री वितरण गरिएको समितिका अध्यक्ष त्रिभुवन पौडेलले बताए । उनले विशेष सुरक्षा सावधानी अपनाउँदै सङकटका बेला जिम्मेवार भूमिका निर्वाह गर्न पत्रकारलाई आग्रह गर्दै पत्रकारको सुरक्षाका लागि प्रदेश समिति सहयोग गर्न सधैँ तयार रहेको बताए ।

विभिन्न निकाय र सङ्संस्थासँग सहकार्य गरेर सुरक्षा सामग्री वितरण गरिरहेको उपाध्यक्ष शान्ति गुरुङले बताए । यसअघि प्रदेश समितिले तनहुँ, लमजुङ, गोरखा, नवलपरासी (पूर्व) र मनाङका लागि सामग्री हस्तान्तरण गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस