११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आफन्त र हुनेखाने वर्गलाई राहत : वडामा तालाबन्दी

अ+ अ-

डोटी । राहत वितरणमा अनियमितता र पक्षपात गरेको आरोप लगाउँदै जिल्लाको केआइसिंह गाउँपालिका वडा नं ६ को भूमिराजमाण्डौँस्थित वडा कार्यालयमा स्थानीयवासीले तालाबन्दी गरेका छन् । कोभिड–१९ को जोखिम हुन नदिन जारी लकडाउनबाट समस्यामा परेकालाई वडाले राहत वितरण गर्दै आएको छ ।

दैनिक ज्यालादारी गर्ने तथा विपन्न परिवारलाई राहत वितरण हुने भनिएतापनि सो वडामा पक्षपातपूर्ण व्यवहार गरेर आफन्त र हुनेखाने वर्गलाई मात्रै राहत वितरण गरेका हुँदा तालाबन्दी गरेको स्थानीयवासी योगेन्द्र भट्टले जानकारी दिए । उनले भने, ‘गरिब, विपन्न वर्ग छन् उनीहरुलाई नदिएर अरु हुने खाने वर्गलाई राहत दिएका कारण तालाबन्दी गरिएको हो, गरिबले पाउने राहतमा धनीले किन खाने ?’

राहत वितरणमा अनियमिततासहित खासै राहत पाउनु पर्ने गरिब र विपन्न वर्गले राहत नपाएको भन्दै स्थानीयवासीले तालाबन्दी गरेको खबर आफूले पाएको गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर शाहीले बताए । उनले भने, ‘विपन्न परिवारले राहत नपाएको भन्दै केही व्यक्तिले वडा कार्यालयमा तालाबन्दी गरेको खबर पाएको छु, खास के भएको हो सो विषयमा बुझ्न कर्मचारी खटाएको छु बाँकी खबर त्यसपछि भन्न सकिन्छ ।’

राहत पाउनै पर्ने व्यक्ति छुटेको भएमा तत्काल नाम समावेश गरेर राहत दिने विषयमा गाउँपालिका स्पष्ट रहेको अध्यक्ष शाहीको भनाइ छ । विपन्न परिवारलाई समेटेर राहत नदिएसम्म तालाबन्दी नखोल्ने तालाबन्दी गर्नेको माग रहेको बताइएको छ । सो विषयमा थप बुझ्न वडाध्यक्ष दीपबहादुर बलायरसँग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन ।

प्रतिक्रिया दिनुहोस