२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्थानीय कार्यक्रम : अनुदानदेखि छोरी-बुहारीलाई छात्रवृत्तिसम्म

अ+ अ-

काभ्रेपलाञ्चोक । पनौती नगरपालिकाले विदेशबाट फर्किएका युवा(लाहुरे)लाई कृषि, पशुपालन तथा लघुउद्यम क्षेत्रमा काम गर्न दुई लाख अनुदान दिने नीति-कार्यक्रम बनाएको छ । कोरोना भाइरसका कारण ती युवालाई लक्षित गरी आगामी आर्थिक वर्ष २०७७/७८ का लागि यस्तो कार्यक्रम बनाइएको नगरले जनाएको छ ।

नगरले चालू आवका प्रभावकारी कार्यक्रमलाई निरन्तरता दिँदै घरमै बसेर उत्पादनशील क्षेत्रमा काम गर्न प्रेरित गर्ने उद्देश्यले त्यस्ता युवालाई दुई लाख अनुदान दिने कार्यक्रम बनाएको हो । “पुरुष र महिला छुट्टाछुट्टै समूह बनाएर कार्यक्रम उनीहरुको रोजाइमा लघुउद्यम, कृषि पशुपालनमा र बेमौसमी तरकारी खेतीका लागि दुई लाख अनुदान दिने कार्यक्रम बनाएका छौँ”, नगरप्रमुख भीमप्रसाद न्यौपानेले भने । उनका अनुसार कृषि र पशुपालनलाई पुनः प्राथमिकतामा राखेर नगरको समग्र विकासका लागि रु एक अर्ब ३२ करोड २८ लाख ७७ हजारको बजेट प्रस्तुत गरिएको छ ।

मण्डन देउपुर नगरले शिक्षामा लोभलाग्दो ‘छोरी-बुहारी’ शिक्षामा उच्च शिक्षा पढ्न चाहनेलाई छात्रवृत्ति दिने कार्यक्रम बनाएको छ । साथै, यसअघि शिक्षालाई उच्च प्राथमिकतामा राखेका कार्यक्रमलाई निरन्तरता दँदै ‘जहाँ विद्यार्थी, त्यहाँ शिक्षक’ कार्यक्रमलाई निरन्तरता दिएको छ । नगरका समुदायिक विद्यालयमा तहगत प्रधानाध्यापक नियुक्त गर्ने तथा सङ्गीत, कला र कम्प्युटर सिकाउने उद्देश्यले प्रशिक्षक नियुक्त गरिने समेत नगरप्रमुख टोबहादुर वाइवाले बताए । नगरले कृषि, स्वास्थ्य, पर्यटन, शिक्षा लगायतको विकास गर्न आगामी वर्षका लागि रु ९९ करोड बजेट प्रस्तुत गरेको छ ।

त्यसो त, कोरोना भाइरस नियन्त्रण, रोकथाम र व्यवस्थापनका लागि आवश्यक पूर्वाधार निर्माणलाई प्राथमिकतामा राख्दै काभ्रेपलाञ्चोकका स्थानीय तहले आगामी वर्षको नीति तथा कार्यक्रम बनाएका हुन् । अधिकांश तहले कोरोना भाइरस सङ्क्रमणका कारण स्वास्थ्यलाई प्राथमिकतामा राखेको पाइएको छ । यहाँका १३ मध्ये हाल छ नपा र छ गाउँपालिकाले आफ्ना नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् । तेमाल गाउँपालिकाको सभाका लागि सदस्यबीच तालमेल नमिल्दा सहमति जुट्न सकेको छैन ।

धुलिखेल नगरप्रमुख अशोक ब्याञ्जूले कारोना भाइरस सङ्क्रमणको त्रसित नगरवासीको जीवन सहज बनाउन आउँदो आबका लागि नीति–कार्यक्रम बनाइएको बताए । उनका अनुसार नगरले स्वास्थ्यलाई प्राथमिकतामा राखी पर्यटन, शिक्षा, गरिबी निवारण तथा पूर्वाधार निर्माणलाई रु एक अर्ब ११ करोड ११ लाख ११ हजार बजेट प्रस्तुत गरिएको हो । “विगतका कार्यक्रमलाई निरन्तरता दिँदै कोरोना रोकथाम तथा नियन्त्रण कार्यक्रमलाई विशेष प्राथमिकता दिएका छौँ”, उनले भने ।

यस्तै बनेपा नगरले कोभिड-१९ को महामारी नियन्त्रण गर्न सम्पूर्ण ध्यान केन्द्रित गरेको जनाउँदै भौतिक पूर्वाधार निर्माण, शिक्षा, कृषि, पर्यटन लगायतका कार्यक्रमलाई प्राथमिकतामा राखेको छ । नगरप्रमुख लक्ष्मीनरसि वादेले भने, “कारोनाको सङ्क्रमणबाट नगरवासीलाई सुरक्षित राख्न क्वारेन्टिन सञ्चालनलाई निरन्तरता दिँदै स्वास्थ्य परीक्षण तथा उपचारमा विशेष बजेट व्यवस्था गरेका छौँ ।” उनका अनुसार चालू आवमा सञ्चालित गौरवका आयोजनालाई निरन्तरता दिँदै फोहर व्यवस्थापनको आधुनिक प्रविधिको दीर्घकालीन योजनालाई आउँदा आवमा कार्यान्वयन गरिनेछ ।

पाँचखाल नगरले आगामी वर्ष विषादी न्यूनीकरण नीति बनाउँदै पाँचखालमा उत्पादित तरकारीलाई ‘सेमी अग्र्यानिक’ बनाउँदै पूर्णतः अग्र्यानिकतर्फ जाने योजना बनाएको छ । ‘कृषकसँग मेयर’ कार्यक्रम सञ्चालनमार्फत कृषकका समस्या समाधानतर्फ लाग्नेछौँ”, नगरप्रमुख महेश खरेलले भने । उनका अनुसार स्वास्थ्यलाई प्राथमिकतामा राखेर पाँचखाल बृहत् खानेपानी आयोजनासँगै थप आठवटा ठूलो योजना सञ्चालन गर्ने नीति कार्यक्रम बनाइएको छ ।

नमोबुद्ध नगरले पनि स्वास्थ्यलाई प्राथमिकतामा राखेर कृषि, शिक्षा र पर्यटनका विकासमा जोड दिएको नगरप्रमुख टीपी शर्माले बताए। रोशी गाउँपालिकाले वैदेशिक रोजगारबाट फर्केका युवालाई स्वरोजगार बनाउने योजना तथा स्वास्थ्यलाई प्राथमिकतामा राख्दै विगतका कार्यक्रम निरन्तरताका साथ ‘रोशीको दृष्टि, पर्यटन र कृषि’ भन्ने नारा शुरु गर्ने जनाएको छ ।

भौगोलिक विकटता रहेको महाभारत गाउँपालिकाले यातायात तथा खानेपानीका कार्यक्रमलाई प्राथमिकतामा राखेको छ । यस्तै, बेथानचोक, चौँरीदेउराली, खानीखोला, भुम्लु गाउँपालिकाले पनि स्वास्थ्यलाई प्राथमिकता दिँदै विगतका कार्यक्रमलाई निरन्तरता दिने जनाएका छन् ।