२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

८१ वर्षीया सासू र ५० वर्षीया दृष्टिविहीन बुहारीको उद्धार

अ+ अ-

काठमाडौँ । बेसहारा अवस्थामा पुगेकी ८१ वर्षीया बृद्धा महिला र उनकी ५० वर्षीया दृष्टिविहीन बुहारीको उद्धार भएको छ ।

धादिङ गल्छी १ कल्लेरीकी ८१ वर्षीया वृद्ध अमृत कुमारी अधिकारी र उनकी ५० वर्षीया बुहारी यमकुमारी अधिकारीलाई नवजीवन परोपकार समाजले उद्धार गरी काठमाडौँ ल्याएको हो ।

पारिवारिकरुपमा निकै नै दुःख पाएकी र वृद्ध अवस्थामासमेत सहाराविहीन बन्न पुगेकी सासू बुहारीको अवस्थाबारे करिब ७ महिना अगाडी प्रशासन डटकममा प्रकाशित समाचार पछ्याउँदै समाज उनीहरूसम्म पुगेको थियो ।

सम्बन्धित समाचार : हामी कसरी बाँच्ने ?

समाजका अध्यक्ष दुर्गानाथ दाहालसहितको टोली चैत्र १ गते उनीहरूलाई लिन कल्लेरी पुगेको भए पनि आफूले पाल्दै आएको गाईबस्तु र पसलको उधारो तिरिसकेपछि जान मिल्ने बताएका थिए । तर कोरोना महामारीका कारण चैत्र ११ गतेदेखि लकडाउन भएपछि रोकिएको थियो । यसैबिच हाल केही खुकुलोभएपछि बिहीबार(हिजो) काठमाडौँ ल्याइएको हो ।

बेसहारा बनेकी बृद्धा अमृत कुमारी र दृष्टिविहीन बुहारी यमकुमारीलाई आश्रममा पारिवारिक माया दिएर राख्ने समाजका अध्यक्ष दुर्गानाथ दाहालले बताएका छन् ।

सहाराविहिनहरुको उद्धारमा सक्रिय समाजले दुःख पाएका व्यक्तिहरूलाई सहारा दिँदै आएको छ । अध्यक्ष दाहाल र उनको समूह दैनिक भोको पेट भर्ने र तिर्खा मेटाउने काममा सक्रिय छ । कोरोना भाइरसको महामारीका कारण उत्पन्न परिस्थितिलाई नियन्त्रण गर्न सरकारले गरेको लकडाउनपछि आश्रममा रहेका अशक्तहरूको मात्र होइन, सडकमा भोकै परेका मानिस र पशुपंक्षीकोसमेत भोक मेटाउँदै आएको छ समाजले ।

वृद्ध अमृत कुमारीले गजुरीको ढुङ्गेनी, रैगर लगायत च्याङ्ली, गल्छी–कल्लेरीमा रहँदा सहयोग गर्ने सबैलाई धन्यवाद दिएकी छिन्