७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रहरी निरीक्षक कार्कीविरुद्ध घुस लिएको अभियोगमा मुद्दा दायर

अ+ अ-

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक प्रकाशसिंह कार्कीविरुद्ध विशेष अदालतमा आज मुद्दा दायर गरेको छ । प्रहरीमा परेको मुद्दा मिलाइदिने भन्दै सेवाग्राहीसँग कार्कीले रु ५० हजार घुस लिएको आरोप लागेको छ ।

अनुसन्धानको सिलसिलामा रहेको र जिल्ला प्रहरी कार्यालयमा परेको सार्वजनिक हितविपरीत र जबरजस्ती करणीको मुद्दामा सहजीकरण गरिदिने भन्दै कार्कीले घुस मागेको आयोगले जनाएको छ । आरोपी कार्कीविरुद्ध बिगोअनुसारको कारवाहीको माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

यस्तै आयोगले जिल्ला शिक्षा कार्यालय बैतडीका तत्कालीन जिल्ला शिक्षा अधिकारी र स्रोत व्यक्तिसमेतको मिलेमतोमा बटैराज प्राविका शिक्षक रतनसिंह भण्डारीको कर्तव्य ज्यानसम्बन्धी मुद्दामा दोषी ठहर भएपछि कारवाही गर्नुपर्नेमा अनधिकृत रुपमा रकम लिई मिलाउन लागेको पाइएको भन्दै विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टेकसिंह भण्डारी र प्रधानाध्यापक रतनसिंह भण्डारीले सो प्रयोजनका लागि रु ८३ हजार १०० बराबरको रकम लिएको पाइएको छ । आयोगले उनीहरुविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

यस्तै आयोगले घरेलु तथा साना उद्योग कार्यालय कलैया बाराका कार्यालय सहयोगी खेमराज चौधरीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । होटल सञ्चालनका लागि सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग चौधरीले रु १० हजार घुस लिएको पाइएको छ ।

प्रतिक्रिया दिनुहोस