८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

थाहा नगरपालिका देशकै सर्वोत्कृष्ट

अ+ अ-

काठमाडौँ । थाहा नगरपालिका देशकै सर्वोत्कृष्ट भई पुरस्कृत भएको छ । आर्थिक वर्ष २०७५/०७६ मा सर्वोत्कृष्ट कार्य गरेको ठहरसहित संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मकवानपुरको थाहा नगरपालिकालाई सर्वोत्कृष्ट घोषणा गरेको हो ।

थाहा नगरपालिकाले आर्थिक वर्ष २०७४/०७५ सम्मको बेरुजु अंकको ९६.०६ प्रतिशत फर्छ्योट गरेको छ । २०७५/०७६ को लेखा परीक्षणबाट जम्मा २.५४ प्रतिशत बेरुजु कायम गरी सर्वोत्कृष्ट नगरपालिको बनेपछि मन्त्रालयले पुरस्कृत गरेको हो ।

असार ३० गते नेपाल सरकार सचिव स्तरको निर्णयबाट सर्वोत्कृष्ट घोषणा भएको थाहा नगरपालिका देशकै एक मात्र पुरस्कृत नगरपालिका बनेको छ । बेरुजु फर्छ्योट कार्य योजना र मार्गदर्शन अनुसार उक्त कार्यमा सहभागी कर्मचारीहरूलाई प्रशंसा पत्र सहित पुरस्कृत गर्ने मन्त्रालयले निर्णय गरेको छ ।

अघिल्लो आर्थिक वर्ष देशभरको उत्कृष्ट ४ मा पर्न सफल थाहा नगरपालिका यस वर्ष मुलुकभरको ७ सय ५२ स्थानीय तहलाई पछि पार्दै बेरुजु फर्छ्योटमा पहिलो घोषित भएको हो । महालेखा परीक्षकको कार्यालयको अन्तिम लेखा परीक्षणमा ४ प्रतिशत भन्दा कम बेरुजु हुने कार्यालयलाई आर्थिक अनुशासन राम्रो भएको मानिन्छ । तर थाहा नगरपालिकाले आर्थिक वर्ष २०७५/०७६ मा कार्यालयको बेरुजु जम्मा २.५४ प्रतिशत मात्र कायम गरेको छ ।

थाहा नगरपालिकाको आर्थिक वर्ष २०७४/०७४ सम्मको नियमित गर्नुपर्ने १४ लाख ७१ हजार, असुल गर्नुपर्ने ६४ लाख ४ हजार र पेस्की ७६ लाख ८९ हजार गरी जम्मा १ करोड ५५ लाख ६५ हजार पेस्की बाँकी भएकोमा नियमित गर्नुपर्ने १४ लाख ७१ हजार, असुल गर्ने ६० लाख १३ हजार र पेस्की फर्छ्यौट ७४ लाख ६७ हजार गरी कुल १ करोड ४९ लाख ५२ हजार बेरुजु फर्छ्यौट भएको प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरीले जानकारी गराउनु भयो । नगरपालिकाको तर्फबाट उल्लेख्य कार्य गरेकोमा प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरी र लेखा अधिकृत विष्णु भुसाललाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनही ५ हजार पुरस्कार र सम्मान पत्र प्रदान गरेको छ ।

नगरपालिका पुरस्कृत भएपछि नगरप्रमुख लवशेर विष्टले यस कार्यमा उल्लेखनीय योगदान पुर्‍याउनुहुने प्रमुख प्रशासकीय अधिकृत, लेखा अधिकृत तथा सम्पूर्ण कर्मचारीलाई धन्यवाद दिएका छन् । उनले उपलब्धिलाई सधैँ जोगाइराख्न समेत कर्मचारीहरूलाई अनुरोध गरे । आर्थिक अनुशासनमा देशमै सर्वोत्कृष्ट घोषित भएकोमा नगर प्रमुख विष्टले सबैप्रति आभार व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस