९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अबैध नदीजन्य सामग्री झिक्ने सवारी कारवाहीमा

अ+ अ-

त्रिशूली । नुवाकोटका नदी र खोलाबाट अवैधरूपमा नदीजन्य सामग्रीको उत्खनन तथा ओसारपसार गर्ने सवारी साधनलाई कारवाही गरिएको छ ।

प्रचलित कानूनअनुसार असारदेखि भदौसम्म नदी र खोलाबाट नदीजन्य सामग्री उत्खनन गर्न नपाइने व्यवस्था भए पनि लुकिछिपी बालुवा उत्खननमा संलग्न एक स्काभेटरसहित १० टिपरलाई यहाँको प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख अविनारायण काफ्लेका अनुसार त्रिशूली नदीबाट अवैधरूपमा बालुवा झिक्दै गरेको एक स्काभेटरलाई सोही स्थानमा साङ्लो लगाइएको छ भने १० टिपर नियन्त्रणमा लिएर कारवाहीका लागि जिल्ला समन्वय समितिमा पठाइएको छ ।

अवैधरूपमा नदीजन्य सामग्री झिक्ने स्काभेटरसहित ओसारपसारमा संलग्नलाई नगद जरिवाना तिराउने कानूनी व्यवस्था रहेको जिल्ला अनुगमन तथा समन्वय समितिका संयोजक एवं जिल्ला समन्वय समितिका प्रमुख सन्तमान तामाङले जानकारी दिए । उनका अनुसार हालसम्म रु एक लाख ७० हजार राजश्व सङ्कलन भइसकेको छ भने अझै केही सवारी साधनमाथि कारवाहीको प्रक्रिया भइरहेको छ । गएको वर्ष नुवाकोटका नदी र खोलाबाट अवैधरूपमा नदीजन्य सामग्री उत्खननमा संलग्न रहेका सवारी साधनमाथि गरिएको कारवाहीमा रु १२ लाख १० हजार रावश्व सङ्कलन भएको थियो ।

खोला र नदीबाट अवैधरूपमा उत्खनन गरेर सङ्कलन गरिएको बालुवालगायतका नदीजन्य सामग्रीको लिलाम गर्न लागिएको छ । जिल्ला अनुगमन तथा समन्वय समितिको बैठकले गत वर्षको बर्खायामदेखि हालसम्म अवैधरूपमा उत्खनन गरेर थुपारेका नदीजन्य सामग्री जफत गरेर त्यसलाई बढाबढमा बिक्रीका लागि लिलाम निकाल्न स्थानीय तहलाई निर्देशन दिएको संयोजक तामाङले जानकारी दिए । उनका अनुसार नदी र खोला किनारमा थुपारिएका अवैध बालुवा करिब रु एक करोड रहेको अनुमान छ ।

प्रतिक्रिया दिनुहोस