काठमाडौँ । नगरपालिकामा रिक्त प्रमुख प्रशासकीय अधिकृतका लागि निवेदन आव्हान गरिएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मंगलवार एक सूचना प्रकाशित गर्दै संघमा समायोजन भएका प्रशासन सेवाका उपसचिवहरूलाई इच्छाएको ठाउँका लागि निवेदन माग गरेको हो ।
‘स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत खटाउने व्यवस्था अनुरूप रिक्त नगरपालिकाहरूमा प्रमुख प्रशासकीय अधिकृतहरूको व्यवस्थापनको तयारी भई रहेको हुँदा संघमा समायोजन भएका नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूह, राजपत्रांकित द्वितीय श्रेणीका इच्छुक उपसचिव कर्मचारीहरूले प्राथमिकताका आधारमा आफूले जान चाहेको नगरपालिकाहरू समेत उल्लेख गरी सात दिन भित्र यस मन्त्रालयको इमेल local.emp.admin@mofaga.gov.np मा अनलाइन निवेदन दिनु हुन अनुरोध गरिन्छ’ जारी सूचनामा भनिएको छ ‘तोकिएकै समयावधि भित्र निवेदन प्राप्त नभए पनि आवश्यकता र उपयुक्तता हेरी मन्त्रालयले रिक्त स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत खटाउने ब्यहोरासमेत अनुरोध गरिन्छ ।’








