बैतडी । बैतडीका समाजसेवी विरेन्द्र पाण्डेयले दुई महिनाको घरभाडा छुट दिने घोषणा गरेका छन्। समाजसेवी पाण्डेयले शाहिलेकमा रहेको आफ्नो घरमा बसिरहेका व्यक्तिलाई दुई महिनाको भाडा छुट गर्ने घोषणा गरेका हुन्।
हाल समाजसेवी पाण्डेय दशरथचन्द नगरपालिका–४ शाहिलेकमा बस्दै आएका छन् ।
कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि लागू गरिएको ‘लकडाउन’का कारण समस्यामा परेका भाडावाललाई समाजसेवी पाण्डेयले भाडा छुट दिने घोषणा गरेका हुन्।
कोरोनाको संक्रमणका कारण विश्व नै आतंकित भइरहेको अवस्थामा ‘एक मानवले अर्का मानवलाई सहयोग गर्नु’ मानवीय दायित्व भएकाले आफ्नो घरको कोठा भाडामा लिएर बस्ने व्यक्तिलाई दुई महिनाको भाडा मिनाहा गरिदिएको पाण्डेयले बताए।