२६ असार २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

टोखा नगरपालिकामा प्रादेशिक अस्पताल निर्माण हुने

अ+ अ-

काठमाडौं । टोखा नगरपालिकामा प्रादेशिक अस्पताल निर्माण हुने भएको छ ।

वाग्मती प्रदेशको बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले काठमाडौँको उत्तरी क्षेत्रमा अवस्थित टोखा नगरपालिका–२ मा रहेको टोखा चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्रलाई प्रदेश अस्पताल बनाउने निर्णय गरेको हो ।

टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले टोखा चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गरी प्रदेश अस्पतालको रुपमा विकास गर्न प्रदेश सरकारले निर्णय गरेको जानकारी दिए ।

टोखाको भदौ ७ गते बसेको ६१औँ नगर कार्यपालिकाको बैठकले प्रदेश सरकारलाई प्राथमिक स्वास्थ्य केन्द्रलाई प्रादेशिक अस्पतालका रुपमा स्तरोन्नती गर्न सिफारिस गरेको थियो । उक्त स्वास्थ्य केन्द्र अब प्रदेश मातहत अस्पतालका रुपमा सञ्चालन हुनेछ । उक्त स्वास्थ्य केन्द्र स्तरोन्नतिसँगै ५० श्यया अस्पताल बन्नेछ ।

प्रदेश सरकारले हरेक जिल्लाको एउटा अस्पताललाई प्रादेशिक अस्पतालका रुपमा स्तरोन्नति गर्ने निर्णय गरेसँगै चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्र काठमाडौँको प्रादेशिक अस्पतालमा पर्न सफल भएको हो । केन्द्रमा आइसोलेशन सेन्टर स्थापना गरेर कोभिड–१९ का बिरामीको उपचार गरिएको । शुरुमा १७ श्ययाको आइसोलेशन सेन्टर निर्माण गरिएकोमा वस्था हेरेर क्रमशः सय श्यया पुर्‍याउने लक्ष्य राखेको नगरपालिकाका प्रवक्ता बच्चुराज बस्यालले जानकारी दिए ।

टोखामा बिहीबारसम्म २३३ कोरोना सङ्क्रमित देखिएका छन् जसमध्ये ९२ डिस्चार्ज र १३८ सक्रिय सङ्क्रमित छन् । सक्रिय सङ्क्रमितमध्ये ९९ होम आइसोलेशन र ३८ जना विभिन्न अस्पतालमा उपचार भइरहेको प्रवक्ता बस्यालले बताए । नगरपालिकाले होम आइसोलेशनमा बसेर कोरोना उपचार गराइरहेका बिरामीलाई दैनिक ३५० भत्तासमेत प्रदान गर्दै आइरहेको छ ।

वाग्मती प्रदेशको बिहीबारको बैठकले टोखाको चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्रबाहेक ललितपुरको बज्रबाराही चापागाउँ अस्पताल, काभ्रेपलाञ्चोकको मेथिनकोट अस्पताल, दोलखाको चरिकोट अस्पताल र चितवनको बकुलर रत्ननगर अस्पताललाई स्तरोन्नती गरी प्रदेश अस्पताल बनाउने निर्णय गरेको थियो ।