१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जुम्ली मार्सी धानमा ब्राउन स्टोप रोगको प्रकोप

अ+ अ-

खलङ्गा । जुम्ली मार्सी धानबालीमा ब्राउन स्टोप रोगको प्रकोप देखिन थालेपछि यहाँका किसान चिन्तित बनेका छन् ।

यस वर्ष अनुकूल मौसम परेकाले समयमै मार्सी धान रोप्न पाएपछि हर्षित बनेका किसान रोग देखिन थालेपछि चिन्तित बनेका हुन् । कृषि विज्ञसहितको टोलीले तातोपानी गाउँपालिका–४ र ५ मा मार्सीधान रोपेका खेतमा गरिएको अनुगमनबाट ब्राउन स्पोट रोग लागेको पाइएको हो ।

टोलीले यहाँको तातोपानी गाउँपालिकाका –४ र ५ वडाका मार्सी धान रोपेका खेतमा गरेको अनुगमनबाट ब्राउन स्पोट रोग लागेको पाइएको हो । तातोपानी गाउँपालिकाका कृषि संयोजक धर्मराज आर्चायका अनुसार अनुगमनका क्रममा फाटफुट रुपमा व्लाष्ट रोग देखिएको छ भने मार्सी धानमा ब्राउन स्पोट रोग अलि बढी देखिएको बताए ।

पर्याप्त सिँचाइ र नाइट्रोजनको अभावले मार्सी धानमा ब्राउन स्पोट रोग लाग्ने गरेपनि यो रोगका कारण मार्सी धानको उत्पादनमा भने कुनै गिरावट नआउने उनको भनाइ छ । मार्सी धान भित्रियाउने समयसम्म असिना नपरेको खण्डमा ब्राउन रोगले उत्पादन नघट्ने गाउँपालिकाका कृषि शाखाले जनाएको छ ।

ब्राउन रोगका कारण उत्पादन नघटेपनि साउनमा भएको वर्षाका कारण केही स्थानमा उत्पादन घट्ने चिन्तामा किसान छन् । खेतभरी बालुवा भरिएपछि मार्सीखेत बगरमा परिणत भएका थिए । धान फल्ने बेला बालुवाले खेत भरिँदा उत्पादन सोचे जस्तो नहुने तातोपानीका –४ का किसान प्रेमराज पाण्डेले बताए ।

जलवायु परिवर्तनका कारण स्थानीय बालीमा लाग्ने रोग किरा व्यवस्थापन तथा उत्पादनमा वृद्धि गर्ने लक्ष्यका साथ लिबर्ड जुम्लाले हरेक वर्ष स्थानीय धानबाली र सिमी बालीको अनुसन्धान गर्दै आएको छ । जुम्लामा बिगत एक वर्षदेखि स्थानीय बाली धान र सिमीको संरक्षण गरी विभिन्न ठाउँमा ‘बीउ बैंक’को रूपमा काम गर्दै आएको छ ।

वर्षेनि मार्सी धानमा विभिन्न खाले रोग किरा लाग्ने गरेका छन् । तर वर्षैपिच्छे हुने अध्ययन अनुसन्धानले मार्सी धानमा लाग्ने रोग किरा नियन्त्रणको दिगो समाधान भने अझै हुन सकेको छैन । गत वर्ष मार्सी संरक्षणका लागि स्वदेशी तथा विदेशी विज्ञको टोलीले मार्सीको अनुगमान तथा अनुसन्धान गरेको थियो । यतिबेला जिल्लाका मार्सी धान उत्पादन हुने खेतमा धानको बाला झुलिसकेको छ ।

प्रतिक्रिया दिनुहोस