२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अमेरिकामा टिकटक र वीच्याट आजदेखि पूर्णरुपमा बन्द हुने

अ+ अ-

काठमाडौँ । अमेरिकाका आजदेखि सबै एपस्टोरबाट वीच्याट र टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय भएको छ ।

योसँगै अमेरिकामा अब टिकटक र वीच्याट दुवै चलाउन नपाउने अमेरिकाको वाणिज्य विभागले जानकारी दिएको हो ।

यी दुवै कम्पनीले अमेरिकी प्रयोगकर्ताको डाटा चिनियाँ सरकारलाई दिन सक्ने भन्दै राष्ट्रिय सुरक्षालाई पनि जोखिममा पारिरहेकाले यसमाथि प्रतिबन्ध लगाउनुपरेको ट्रम्प प्रशासनले बताएको छ। चीनले भने अमेरिकाको उक्त आरोप गलत भएको बताउँदै आएको छ ।

आइतबारदेखि वीच्याट, मेसेजिङ एप पूर्ण रुपमा बन्द हुनेछ भने टिकटक चाहिँ नयाँ अपडेट डाउनलोड नगरि नोभेम्बर १२ सम्म चलाउन सकिने बताइएको छ ।

ट्रम्पले टिकटकलाई नोभेम्बरसम्मको अन्तिम समय दिएका छन् । टिकटकले यो विषयमा अमेरिकी वाणिज्य विभागसँग निराश भएको प्रतिक्रिया दिएको छ र सुरक्षा सम्बन्धी ट्रम्प प्रशासनको चिन्तालाई ध्यानमा राख्दै कम्पनीको पारदर्शीता बढाउन प्रतिबद्ध रहेको बताउँदै आएको छ ।

वीच्याट एपको मालिक टेनसेन्ट कम्पनीले पनि उक्त प्रतिबन्ध दुर्भाग्यवश् भएको र समस्याको दीर्घकालीन समाधानसम्म पुग्न अमेरिकी सरकारसँग छलफल जारी राख्ने बताएको हो ।

ट्रम्पले अगस्टमा अमेरिकाका सबै व्यवसायलाई चिनियाँ कम्पनीसँगको काम बन्द गर्न ४५ दिनको अन्तिम म्याद दिँदै कानुनी आदेश जारी गराएका थिए । सोही बमोजिम वाणिज्य विभागले उक्त निर्देशनको पालन गर्दै आइतबारदेखि नै दुवै कम्पनी अमेरिकामा सञ्चालन हुनबाट रोक्ने निर्णय गर्नुपरेको बताएको छ। तर हाल योजनाबद्ध रहेको टिकटक र अमेरिकी प्राविधिक कम्पनी ओरेकल बीचको ‘पार्टनरशीप’ लाई ट्रम्पले स्वीकृति दिन सहमत हुने हो भने टिकटक प्रतिबन्धित हुने छैन ।
नोभेम्बरसम्म टिकटकले अमेरिकी सरकारको सुरक्षा सम्बन्धी समस्या समाधान गर्न सक्ने हो भने टिकटक हटाउनुपर्ने आवश्यकता नहुने ट्रम्पले यसअघि बताएका थिए ।

शुक्रबार सञ्चारर्मीहरुसँग बोल्दै उनले भनेका छन्, ‘टिकटकसँग छिटै सम्झौता हुने मेरो विश्वास छ तर त्यसका लागि अमेरिकालाई चीनबाट सुरक्षित राख्नुपर्ने हुन्छ । टिकटक वास्तवमै सफल कम्पनी हो र एकदमै धेरै लोकप्रिय छ । यसैले अमेरिकाले खोजेको सुरक्षा मार्फत सायद हामीले यसलाई नहटाएर धेरै मान्छेलाई खुसी पार्न सक्नेछौँ भन्ने मलाई आशा छ ।’
तर भारतले पनि वीच्याट र टिकटकमाथि प्रतिबन्ध लगाएको थियो ।