२८ भाद्र २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

५३५ घर नदी कटानको उच्च जोखिममा

अ+ अ-

टीकापुर । कैलालीको भजनी नगरपालिका–५ का ५३५ घर नदी कटानको उच्च जोखिममा छन् । भजनी नगरपालिका वडा नं ५ लाई मोहना नदी र कन्द्रा नदीले पूर्व, दक्षिण र उत्तरतिरबाट घेरेको छ । यी दुई नदीको कटानले यहाँका नागरिक समस्या झेल्दै आएका छन् ।

बाईस टोल रहेको वडामा एक हजार ३५० घरधुरी छन् । यहाँका नागरिकले मोहना नदी कटानले वर्षेनी दुःख झेल्दै आएका छन् । वडा नं ५ का चम्रैदा, लखरया, कालापातल, फाटाटोल र सानो कौवाखेडाका करिब १८२ घर मोहना नदी कटानको जोखिममा छन् भने क्रवला, लौबस्ता, लालबोझी, भगतपुर, कर्मदेव, नयाँ बस्ती, बेलाहा, मिलानपुर, पिपरकोटी, दुदुवाफाटा र ठूलो कौवाखेडाका करिब ३५३ घर कन्द्रा नदीको कटानको जोखिममा छन् । यहाँ वर्षात्मा मात्र नभई हिउँदमा पनि कटान भइरहेको मिलानपुरकी विष्णु रेग्मी बताउँछन् । ‘नदीमा पानी बढे बाढी आउँछ, नदी बस्तीमा पसेर खेतीयोग्य जमिन पटान हुन्छ, हिउँद भएमा थप कटान हुन्छ’, विष्णुले भने, ‘हामी ढुक्कले कहिल्यै सुतेका छैनौँ, सधैँ डर र तनावमा जीवन चलेको छ ।’

यहाँ नदी कटान र पटानले स्थानीयको सयौँ बिघा जमिन बगर भइसकेको छ । नदी कटानले सयौंँ परिवार घरवारविहीन भएका छन् । यस वर्ष गत साउनमा आएको बाढीले त्यहाँका सयौँ परिवार विस्थापित भएका थिए । बेलहाका टीकाराम भण्डारी नदी कटानले वर्षेनी यहाँका नागरिक दुःख झेलिरहेको बताउँछन् । ‘बाढी आएपछि करिब एक महिना विस्थापित हुनुपर्यो, दुई ठूला नदीले घेरेकाले यहाँका नागरिक सधैँ त्रासमा रहन्छौँ’, भण्डारी भन्छन्, ‘नदी नियन्त्रणका लागि सरकारले तदारुकता देखाउन आवश्यक छ । यहाँ खेतीयोग्य जमिन छ । खेती राम्रो हुन्छ । यो ठाउँ जोगाउन स्थायी तटबन्ध गरिन आवश्यक छ ।’

पगिया पसारका नृप बुढा नदी कटान र पटानबाट नागरिकलाई उन्मुक्ति दिन सरकारले बृहत तटबन्ध गरिदिनुपर्ने माग गर्छन् । ‘बाढीपछि धेरै नेताले यो क्षेत्रको निरीक्षण गरे । तर गरौँ भन्ने भावना कसैमा देखिएन’, बुढाले भने, ‘खेतीयोग्य सयौँ बिघा पटान भएर नागरिकलाई भोकमरीको समस्या हुने देखिएको छ ।’ यस वर्ष बाढीले सयौँ बिघामा लगाएको धानबाली पटान गरेको छ । स्थानीय शर्मिला चौधरीको पाँच कठ्ठा जमिन थियो । बाढीपछि भएको पटानले उनको पूरै जमिनमा बालुवा भरिएको छ । शर्मिलाको परिवारलाई यतिखेर सबैले धान भित्र्याएको देख्दा पीडा हुन थालेको छ । ‘सबैले धान काट्न थाले, म हेरेर बसेकी छु’, शर्मिलाले भनिन् ‘अब हामीले के खाने भन्ने चिन्ता बढेको छ ।’

गत साउन १४ गते आएको बाढीपछि बस्तीमा धेरै नागरिकलाई मनोसामाजिक समस्या देखिन थालेको छ । ‘कोरोना महामारीपछि भारतमा रोजगारीमा रहेकाहरु धेरै घर फर्किएका छन्, यहाँ बाढी आएर तहसनहस भएको छ’, स्थानीय जयप्रसाद ढुङ्गाना भन्छन्, ‘बाढीमा परेका केही परिवारमा मनोसामाजिक समस्या देखिन थालेको छ । कतिपय नागरिक बर्बराउने, एक्लै कुरा गर्ने, डर लाग्ने, निद्रा नलाग्नेजस्ता समस्या देखिन थालेको गुनासो गर्नुभएको छ ।’

सामाजिक अभियानकर्मीले समस्या देखिएका नागरिकलाई मनोसामाजिक परामर्शदातासँग छलफल गराइदिने गर्न थालेका छन् । नदी कटानका कारण खेतीयोग्य जमिन कटानको समस्या एकातिर छ भने बाढीले सयौँ बिघा जमिनको धानबाली पूर्णरूपमा नष्ट गरेको छ । नदी कटान नियन्त्रणका लागि भजनी नगरपालिका आफैँले नसक्ने भएकाले प्रदेश सरकारलाई गुहारेका वडा नं ५ का वडाध्यक्ष केशव बुढाले बताए। ‘सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री, कृषिमन्त्री, कानूनमन्त्री सबैले निरीक्षण गर्नुभएको छ, यस वर्ष बजेटको व्यवस्था गर्ने आश्वासन पाएका छौँ’, वडाध्यक्ष बुढाले भने, ‘अब बृहत तटबन्ध बन्ने आश्वासन पाएका छौँ, मुख्यमन्त्रीज्यूले कैलालीमा सञ्चालित रानी जमरा कुलरिया सिँचाइ आयोजनासँग समन्वय गरेर भए पनि यस वर्ष बनाउने भन्नुभएको छ ।’