७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नम्बर प्लेट स्पष्ट नभएका ३९९ वटा सवारी कारबाहीमा

अ+ अ-

काठमाडौं । के तपाई नम्बर प्लेट  स्पष्ट नभएको सवारी साधन चलाउँदै हुनुहुन्छ ? होसियार ! ट्राफिक प्रहरीको कारवाहीमा परिएला !

महानगरीय ट्राफिक प्रहरी महाशाखाले सवारी साधनमा नम्बर प्लेट नराखेको, स्पष्ट नभएको, केरमेट भएको, खुइलिएको, नम्बर प्लेटको टप बङ्ग्याएको र मोटर सेफ गार्ड राखी नम्बर प्लेट ढाकिएका सवारीलाई विशेष अभियानमार्फत कडाइका साथ कारबाही गर्न थालेको छ ।

आज मात्रै नम्बर प्लेट खुइलिएका, स्पष्ट नभएका, मोटर गार्ड राखी नम्बर प्लेट ढाकिएका १६३ वटा सवारी साधनलाई कारबाही गरेको जानकारी महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीम प्रसाद ढकालले जानकारी दिए ।

ट्राफिक नियम उल्लङ्घन गरी हिँड्ने, दुर्घटना गरी फरार हुने,आपराधिक क्रियाकलापमा संलग्न हुने जस्ता क्रियाकलापलाई रोक्न नै यस अभियानको थालनी गरिएको महाशाखाका प्रमुख ढकालले बताए ।

यस अभियानलाई गत आइतबारदेखि कडाइका साथ कार्यान्वयन गरी हालसम्म ३९९ वटा सवारीलाई कारबाही गरी नम्बर प्लेट समेत स्पष्ट लेख्न लगाएका छौ ।

यस्ता सवारी चालकहरूलाई सवारी तथा यातायात व्यवस्था ऐन २०४९ अनुसार ट्राफिक प्रहरीले ५०० देखि १५०० सम्म जरिवाना गर्ने व्यवस्था रहेको कुरा महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक रामेश्वर प्रसाद यादवले बताए । उनले यस कारबाही अभियानले सवारी धनीहरूलाई आफ्नो सवारीको नम्बर प्लेट स्पष्ट देखिने गरी राख्न र सवारीको चेक जाँच एव मर्मत सम्भार गर्ने बानीको विकास समेत गर्ने अपेक्षा लिएको बताए ।

सवारी साधनको नम्बर प्लेट स्पष्ट देखिने गरी  र तोकिएको ढाँचामा राखेर सञ्चालन गर्न सम्पूर्ण सवारी धनीहरूलाई महाशाखाले अनुरोध समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस