डोटी । डोटीमा अरिङ्गालको टोकाइबाट २ बालिकाको मृत्यु भएको छ ।
सायल गाउँपालिका–१ छपालीको रोकाया गाउँका भीम रोकायाका छोरीहरू वर्ष ५ का मनीषा रोकाया र वर्ष ३ कि सिर्जना रोकायाको मङ्गलवार निधन भएको हो ।
मङ्गलवार बेलुकी ५ बजेतिर घर नजिकैको रुखमा रहेको अरिङ्गालको गोलोबाट ठूलो सङ्ख्यामा आएको अरिङ्गालको टोकाइबाट स्वास्थ्य अवस्था गम्भीर भई नजिकैको छपाली स्वास्थ्य चौकी लैजाने क्रममा बाटोमा मृत्यु भएको स्थानीय प्रकाश थापाले जानकारी दिए ।
दुवै बालिकाको शव आज बुधवार बिहान अन्त्येष्टि गरिएको छ ।







