२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दक्षिणकालीमा सेलरोटी बनाउने प्रतिस्पर्धा

अ+ अ-

काठमाडौं । तिहारको पूर्वसन्ध्यामा सेलरोटीको मौलिकता र बजारीकरण गर्ने उद्देश्यले आज दक्षिणकालीका व्यवसायीबीच सेलरोटी बनाउने प्रतिस्पर्धा आयोजना गरिएको छ ।

तिहारमा पकाइने मुख्य परिकार मध्येको सेलरोटी र दक्षिणकाली मन्दिरको धार्मिक पर्यटन प्रवर्द्धन गर्ने मन्दिर क्षेत्रमा रहेका करिब पाँच दर्जन व्यवसायीले प्रतियोगितामा सहभागिता जनाएका थिए ।

ललितपुरको सातदोबाटोस्थित आइएचएम कलेज र आइएम विथ सेफको संयोजन तथा दक्षिणकाली नगरपालिका, पर्यटन बोर्डको संयुक्त सहकार्यमा नेपाली सेफ र विभिन्न संस्थाको संयुक्त आयोजनामा (सेलरोटीको स्वाद) ‘टेस्ट अफ नेप्लिज फुड–द नेक्स्ट डेस्टिनेशन (सिरिज)’ अन्तर्गत पहिलो कार्यक्रम सम्पन्न भएको हो ।

नेपाली मौलिक खानालाई स्थानीय स्तरबाटै चिनाउने र त्यसको बजार प्रवद्र्धन गर्ने उद्देश्यका साथ कर्मा मिडियाको व्यवस्थापनमा भएको उक्त प्रतियोगितामा सहभागीलाई तीन समूहमा विभाजन गरी तयारी, मौलिकता, स्वाद र बजारीकरणको सम्भावनालगायतको मापदण्डलाई आधार बनाएर उत्कृष्ट तीन व्यवसायीको छनौट गरिएको थियो ।

प्रतियोगितामा मायादिदीको खाजाकी सञ्चालक माया ब्लोन प्रथम, जयकाली खानाका सञ्चालक शारदा तामाङ द्धितीय र बालकृष्ण श्रेष्ठले तृतीय स्थान हासिल गर्न सफल भए । उनीहरुलाई दक्षिणकाली नगरपालिकाका मेयर मोहन बस्नेतले क्रमशः रु १० हजार, सात हजार र पाँच हजार प्रदान गरे ।

सो अवसरमा मेयर बस्नेतले नगरपालिकाले देशका उद्योगी व्यवसायीलाई यस क्षेत्रको पर्यटन प्रवर्द्धन र उद्योगमा लगानी गर्न आग्रह गरे । होटल एसोसिएसन अफ नेपाल (हान) का उपाध्यक्ष विनायक शाहले कोभिडका कारण प्रभावित बनेको मुलुकको पर्यटन क्षेत्रलाई चलायमान बनाउन यस किसिमका कार्यक्रमले व्यवसायीमा हौसला बढनेछ भने ।