काठमाडाौँ । नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रवक्ता नारायण काजी श्रेष्ठले पार्टी सचिवालय बैठक दिउँसो १ बजे बालुवाटारमा बस्ने बताएका छन् ।
प्रवक्ता श्रेष्ठले सामाजिक सञ्जाल ट्वीटरमार्फत सचिवालय बैठक पूर्वनिधारित समय अनुसार बालुवाटारमा बस्ने जानकारी दिएका हुन् ।
हामो पार्टीको केन्द्रीय सचिवालयको वैठक पूर्व निर्धारित कार्यकम अनुसार आज अपरान्ह १ बजे बालुवाटारमा बस्दैछ ।
— Narayan Kaji Shrestha Prakash (@narayankajis) November 18, 2020
यस अघि प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले सचिवालय बैठककै समयमा मन्त्रिपरिषद बैठक बोलाएका थिए । तर लगतै प्रधानमन्त्री ओलीले उक्त मन्त्रिपरिषदको बैठकको समयलाई एक घण्टा पछि सारेका छन् ।
गत कात्तिक २८ गतेको नेकपा सचिवालय बैठकले बुधवार (आज)का लागि सचिवालय बैठकको समय निर्धारण गरेको भए पनि सोही समयमा प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद बैठक डाँकेका थिए ।