२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हुम्लामा एउटै विध्यालयमा अध्यनरत ३२ विद्यार्थीमा कोरोना संक्रमण

अ+ अ-

हुम्ला । हुम्लाको नाम्खा गाउँपालिकाको यालबाङस्थित महाबौद्ध माध्यमिक विद्यालयमा अध्यनरत ३२ विद्यार्थीमा कोरोना संक्रमण देखिएको छ । स्वाब संकलन गरि परीक्षण गर्दा विद्यालयको छात्रावासमा बस्ने ३२ जना विद्यार्थीमा मंगलबार कोरोना पुष्टि भएको हो ।

समुदाय स्थरमै कोरोना भाइरस संक्रमण फैलिएको पुष्टि भएपछि हाल हुम्लाा जिल्लाभरका शैक्षिक संस्था बन्द गरिएका छन् ।विद्यालयका निमित्त प्रधानाध्यापक लक्ष्मण थापाका अनुसार छात्रावासमा रहेका करिब १ सय जना विद्यार्थीको स्वाब परीक्षण गरिएको मा ३२ जनाको कोरोना पोजेटिभ रिर्पोट आएको थियो । रिपोर्ट नेगेटिभ आएका अन्य विद्यार्थीलाई घर पठाइएको छ भने संक्रमितलाई छात्रावासकै आइसोलेसनमा राखिएको थापाले बताए ।

उनले भने अहिलेसम्म कसैलाई कुनैपनि प्रकारकोगाह्रो हुने गरी लक्षण देखिएको छैन । कोरोना संक्रमित छात्रछात्रा १२ देखि १८ वर्षसम्मका छन् । जिल्लाको एकमात्र आवासीय विद्यालय महाबौद्धमा चालु शैक्षिक सत्रमा ३ सय ४ जना विद्यार्थी भर्ना भएका छन् । यालबाङबाहिरका गाउँ र अन्य स्थानीय तहका विद्यार्थीसमेत महाबौद्धमा अध्ययनका लागि जाने गर्छन् ।

करिब दुई महिनाअघि महाबौद्धले बाहिरबाट आएका विद्यार्थी र शिक्षकको पीसीआर परीक्षण गरी पठनपाठन सुरु गरेको थियो । कक्षाकोठामा मास्क अनिवार्य गरिएको थियो । तर, अहिले छात्रावासमै कोरोना संक्रमण देखिएपछि पठनपाठन बन्द गर्नुपरेको निमित्त प्रअ थापाले बताए । ‘हामीले उच्च सावधानी अपनाएर पढाइ सुरु गरेका थियौं, तर संक्रमण भित्रिएपछि गाह्रो भयो,’ उनले भने, ‘अब केही समय विद्यालय बन्द गरेर संक्रमण नियन्त्रणमा आउने समय पर्खन्छौं ।’

कोरोना संक्रमण बढे पनि महाबौद्धमा १२ कक्षाको परीक्षा नरोकिने निमित्त प्रअ थापाको भनाइ छ । मंगलबार सुरु हुने परीक्षामा १२ जना परीक्षार्थी छन् । ती विद्यार्थीका साथै परीक्षा केन्द्रका कर्मचारीको पीसीआर परीक्षण गरी उच्च सावधानी अपनाइने केन्द्राध्यक्षसमेत रहेका थापाले जानकारी दिए । कक्षा ११ को परीक्षा भने सोमबार सकिएको छ जसमा ६ जना परीक्षार्थी थिए । नाम्खामा महाबौद्धका विद्यार्थीका साथै स्थानीय कोमजोम गुम्बाका २२ जना भिक्षु र अन्य २ जना गरी ५६ जनामा कोरोना संक्रमण देखिएको छ ।

जिल्ला संकट व्यवस्थापन केन्द्रले बिहीबारदेखि जिल्लाभरिका शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको छ । लामो समयको लकडाउनपछि हुम्लाका महाबौद्ध र लिमीका दुइटाबाहेक अन्य विद्यालय कात्तिक दोस्रो साताबाट खुलेका थिए । अत्यधिक चिसो हुने यहाँ फागुनमा शैक्षिक सत्र सुरु भएर कात्तिकमा अन्तिम परीक्षा हुने गर्छ । यसपटक कोरोनाको कारण दसैँलगत्तै विद्यालय खुलेका थिए । कोरोना संक्रमण फैलिएपछि सबै विद्यालय बन्द गर्नुपरेको प्रमुख जिल्ला अधिकारी चिरन्जीवी गिरीले बताए ।