२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लैङ्गिक हिंसाविरुद्ध असल अभ्यास : ‘मौनताको संस्कृति तोडौँ’

अ+ अ-

काठमाडौँ । ‘लैङ्गिक हिंसाका मुद्दामा मौनताको संस्कृतिलाई तोडौँ’ भन्ने नाराका साथ लैङ्गिक हिंसाविरुद्ध देशका१० स्थानमा असल अभ्यास कार्यक्रम शुरु भएको छ ।

‘लैङ्गिक हिंसा अन्त्यको प्रतिबद्धता, व्यक्ति, समाज र हामी सबैको ऐक्यबद्धता’ नाराका साथ नोभेम्बरभर मन्त्रालयको नेतृत्वमा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान चलिरहेको छ ।

गत चैतमा नेपालमा कोरोना महामारी शुरु भएपछि ७० प्रतिशत महिलाले रोजगारी गुमाएको आयोगले जनाएको छ । पछिल्लो समय साना बालिकासमेत बलात्कारमा पर्ने गरेका उजूरी आयोगमा बढ्न थालेका छन् ।

महिला, कानून र विकास मञ्चलगायत सामाजिक संस्थाले आजदेखि भर्चुअल माध्यमबाट शुरु गरेको कार्यक्रममा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री लीलानाथ श्रेष्ठले कोरोना भाइरसको सङ्क्रमण बढेपछिको अवस्थामा महिलामाथि हुने हिंसाका घटना पनि बढ्न थालेको बताउँदै प्रदेश र स्थानीय सरकारलगायत सामाजिक संस्थालाई समेत सो अभियानको कार्यक्रममा सहभागिता जनाएर सफल बनाउन आह्वान गरे । दक्षिण एशिया क्षेत्रमै पछिल्लो समय लैङ्गिक हिंसा बढिरहेको उनले जानकारी दिए ।

राष्ट्रिय महिला आयोगका सचिव शान्ता अधिकारीले ९३ प्रतिशत लैङ्गिक हिंसाका घटना घरभित्र र परिवार नजीकका मानिसबाट हुने गरेको उजूरी आएको जनाउँदै महिलाको शिक्षा र आर्थिक स्रोतमा पहुँच नपुग्दा हिंसाका घटना बढ्ने गरेको बताए । मञ्चका कार्यकारी निर्देशक सविन श्रेष्ठले हिंसाविरुद्ध मौनताको संस्कृति तोड्न असल अभ्यास कार्यक्रम शुरु गरिएको जानकारी दिए ।

‘भिएसओ’ नामक संस्थाको सहज कार्यक्रमका शिखा श्रेष्ठले बढी लैङ्गिक हिंसा परिवारमै हुने गरेकाले मौनताको संस्कृतिलाई तोड्नुपर्नेमा जोड दिए । राजधानीमा आज पहिलोपटक गरिएको कार्यक्रम अन्य स्थानमा पनि गरिने जनाइएको छ ।

कार्यक्रममा नेपालस्थित बेलायती राजदूतावासका विकास निर्देशक लिसा होनान, तराई क्षेत्रमा लैङ्गिक हिंसाविरुद्धको अभियानमा मनोसामाजिक परामर्शदाताका रुपमा काम गरिरहेका रेणु कर्ण, सिरहा जिल्लामा स्थानीय स्वयंसेवकका रुपमा कार्यरत सहजकर्ता रिकुकुमार मण्डललगायतले बलात्कारका घटनाका दोषी नसमातिने गरेको र दोषीलाई कानूनी कारवाही नगर्दा दण्डहीनता बढेकाले यसतर्फ सरोकार निकायले ध्यान दिनुपर्ने सुझाव दिए।