१४ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उद्योग वाणिज्य महासङ्घको निर्वाचन : मतदान जारी

अ+ अ-

काठमाडौँ । देशभरिका उद्योगी व्यवसायीको छाता सङ्गठन नेपाल उद्योग वाणिज्य महासङ्घको ५४औँ वार्षिक साधारणसभाअन्तर्गत निर्वाचनमा मतदान कार्यक्रम जारी रहेको छ ।

महासंघका अनुसार सरकारले तोकेको स्वास्थ्य प्रोटोकल पालना गर्नका लागि तीन ठाउँमा मतदान भइरहेको हो।समूहअनुसारका मतदात केन्द्र तोकिएको निर्वाचनमा वस्तुगत तर्फको मतदान महासंघको केन्द्रीय कार्यालय टेकुमा भइरहेको छ।

त्यस्तै जिल्ला नगर तर्फको मतदात प्रज्ञा प्रतिष्ठान कमलादीमा भइरहेको छ। एशोसिएटको भने कार्की ब्याक्वेट बबरमहलमा भइरहेको छ। बेलुका पाँच बजेसम्म हुने मतदानपछि सबै मतपत्र कमलादीमा संकलन गरेर मतगणना हुने निर्वाचन कार्यक्रम रहेको छ।

निर्वाचनमा पर्यटन क्षेत्रबाट एकमात्र उम्मेदवारका प्रत्यासी रामशरण थपलिया चुनावी मैदानमा छन् । महासङ्घका निवर्तमान केन्द्रीय सदस्य थपलिया पुनः दोस्रो कार्यकालका लागि केन्द्रीय सदस्यको उम्मेदवारका प्रतिस्पर्धामा एका छन् ।

मुलुकको अर्थतन्त्रको प्रमुख आधारमध्येको पर्यटन क्षेत्रबाट थपलियाको मात्र केन्द्रीय सदस्यमा उम्मेद्वारी परेको छ । कोभिड-१९ महामारीका कारण थलिएको मुलुकको पर्यटनलाई पूर्ववत् अवस्थामा फर्काउन सरकार तथा निजी क्षेत्रको साझेदारिता र समन्वयलाई फराकिलो पारेर पर्यटनमार्फत देशको अर्थतन्त्रलाई माथि उकास्न आफ्नो उमेदवारी रहेको उनको दाबी छ ।

महासङ्घको वरिष्ठ उपाध्यक्षका प्रत्यासी चन्द्र ढकाल समूहबाट एसोसिएटतर्फको उनी उम्मेदवार छन्
। एसोसिएट उपाध्यक्षमा रामचन्द्र साँघाई सौरभ ज्योतिसँग प्रतिस्पर्धामा छन् ।

ठमेल पर्यटन विकास परिषद्को पूर्वअध्यक्षसमेत रहेका थपलियाले पर्यटन क्षेत्रमा समन्वयकारी भूमिका निर्वाह गर्ने सरल र चातुर्य व्यक्ति मानिछन् । निजी क्षेत्रका पर्यटन व्यवसायीलाई समन्वय र एकताबद्ध गर्दै पर्यटनका विभिन्न गतिविधिमा सक्रिय थपलियाले पर्यटन र समग्र निजी क्षेत्रको उन्नयन र विकासमा प्रतिबद्धताका साथ लाग्ने प्रण गर्नुभएको छ । पर्यटन क्षेत्रकै लागि पनि मेरो उम्मेदवारी आफैँमा महत्वपूर्ण रहेको भन्दै उनले पर्यटन क्षेत्रको सुधार, पूर्व मेचीदेखि महाकालीसम्मका नयाँ पर्यटकीय गन्तव्यको प्रवद्र्धन गर्ने उद्देश्य रहेको सुनाए ।

मङ्सिर ११ देखि शुरु भएको महासङ्घको साधारणसभाको आज तेस्रो दिन नयाँ नेतृत्वका लागि निर्वाचन हुँदैछ । महासङ्घको नयाँ नेतृत्व वर्तमान वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले सम्हाल्नेछन् । यस्तै वरिष्ठ उपाध्यक्षका लागि चन्द्रप्रसाद ढकाल र किशोर प्रधानको समूह निर्वाचनमा होमिएको छ ।

प्रतिक्रिया दिनुहोस