२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘उद्योगमा निर्धक्कले लगानी गर्नुहोस्, सरकार सधैँ तपाईँको साथमा छ’ : मन्त्री लम्साल

अ+ अ-

गण्डकी । गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले उद्योगलाई व्यवस्थित तवरले सञ्चालन गर्न प्रदेश सरकार कटिबद्ध रहेको बताएका छन् ।

फर्निचर तथा फर्निसिङ व्यवसायी सङ्घ कास्कीको १७औँ साधारणसभा तथा १०औँ अधिवेशनको उद्घाटन गर्दै उनले व्यवस्थित ढङ्गबाट उद्योग सञ्चालन गर्ने वातावरण सरकारले तयार पार्ने भएकाले निर्धक्क भएर लगानी गर्न उद्योगीव्यवसायीलाई आग्रह गरे ।

मन्त्री लम्सालले उद्योगी व्यवसायीको हकहित संरक्षणका लागि सरकार प्रतिवद्ध रहेको बताउँदै एक स्थानीय तहमा एक औद्योगिक ग्राम स्थापनाको योजना सरकारले अगाडि बढाएको जानकारी दिए । ‘सरकारले जथाभावीरूपमा उद्योग सञ्चालन गर्न दिँदैन, कानूनको दायराभित्र ल्याएर सहज व्यवसाय गर्ने वातावरण मिलाउँछौँ’, उनले भन, ‘तपाईँ निर्धक्कका साथ उद्योगमा लगानी बढाउनुहोस्, सरकार सधैँ तपाईँको साथमा छ ।’

मन्त्री लम्सालले मुलुकलाई समृद्ध बनाउने र रोजगारी सिर्जना गर्ने अभियानमा उच्च मनोबलका साथ लाग्न उद्योगी व्यवसायीलाई अनुरोध गरे ।

फर्निचर तथा फर्निसिङ व्यवसायी सङ्घ कास्कीका अध्यक्ष प्रेमराज बसौलाले फर्निचर व्यवसायलाई राज्यले संरक्षण र सहुलियत दिन नसकेको बताउँदै सरकारले व्यवसायमैत्री वातावरण बनाउनतर्फ ध्यान दिनुपर्नेमा जोड दिए ।