काठमाडौँ । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटि बैठकलाई मध्यनजर गरेर पार्टी कार्यालय धुम्बाराही क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको छ । दिउँसो १ बजे बस्ने भनिएको नेकपा स्थायी कमिटि बैठकलाई ध्यान राखेर सुरक्षा व्यवस्था कडा पारिएको हो।
नेपाली सेना, सशस्त्र प्रहरी तथा नेपाल प्रहरीसहितको सुरक्षा टोली नेकपा पार्टी कार्यालय रहेको धुम्बाराही क्षेत्रमा तैनाथ गरिएको छ ।
बम डिटेक्टरसहितको सुरक्षा टोलीले गस्ती गरिरहेको मुख्यालयमा तालिम प्राप्त कुकुरसमेत तैनाथ गरिएको मुख्यालयस्थित प्रशासन प्रतिनिधिले जानकारी गराएका छन् ।
यसअघि पार्टी कार्यालयमा गर्ने तय भएको केन्द्रीय सचिवालयको बैठक ओलीले सुरक्षा जोखिमको सूचना आएको भन्दै अन्तिम समयमा प्रधानमन्त्री निवास बालुवाटारमै गराएका थिए ।